हुम्ला – सीमा विवादलाई लिएर बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको केन्द्रमा स्थानीयले कर्णाली करिडोरको धुलाचौरमा तेस्रो दिन पनि बन्द यथावत् राखेका छन्।
धुलाचौरमा बुधबार रातिदेखि बन्द गरिएकाले हुम्ला आवतजावत गर्ने यातायातका साधन सबै त्यतै रोकिएका कारण यात्रु समस्यामा परेका छन्। वाजुरा र हुम्ला जिल्लाको सीमा बिबादको विषयलाई लिएर बाजुरा पक्षबाट गरिएको धुलाचौर बन्दको तेस्रो दिन पनि बन्द यथावत् गरिएको छ।
सडक बन्द भएको लामो समय भए पनि प्रहरी रमिते भएर धुलाचौरमा बसेको र सम्बन्धित निकायले खुलाउने पहल नगरेको भन्दै पीडित यात्रुले गुनासो गरेका छन्।
दुई जिल्लाको सिमाना लाम्पाटा, च्याचौर सीमा विवादलाई लिएर दुई जिल्लाका स्थानीयबीच बिबाद भएपछि गत जेठ ५ गते लाम्पाटामा दुई पक्षविच झडप भएको थियो।
त्यसपछि दुवै पक्षको विवाद चुलिँदै गएको छ। सो झडपमा वाजुराका चार जना घाइते भएका थिए। विवादका आरोपीलाई प्रहरीले नियन्त्रणमा लिन माग गर्दै बाजुराको तर्फबाट कर्णाली करिडोर बन्द गरिएको हो।
भर्खरै
लोकप्रिय
