- वीपी कोइरालाका छोरा डा. सशांक कोइराला लामो समयपछि विराटनगरस्थित कोइराला निवास प्रवेश गरे।
- संवादमा डा. शेखरले आधुनिकताको असरबारे चर्चा गर्दै भर्खरका भवनले पुराना दिनलाई ओझेल पारेको बताए।
- कार्यक्रमको तयारीबारे प्रश्नमा डा. शेखरले मनाश्लु होटलमा ११ बजे आयोजनाबारे जानकारी दिए।
माेरङ – लामो समयको अन्तरालपछि विराटनगरस्थित कोइराला निवास प्रवेश गरेका वीपी कोइरालाका छोरा डा. सशांक कोइरालाले दाजु डा. शेखर कोइरालालाई कुर्सीमा बस्दै भने– घरैघर बनेछ त वरिपरि ? निवासको माथिल्लो तलामा कार्यकर्ता भेटमा रहेका डा. शेखर कोइरालाले उत्तर दिदैं भने, ‘अहिले आधुनिकताले छोपेको छ।
भवन बन्ने क्रमले विराटनगरलाई नयाँपन दिदैंछ। साथै उनले भने, ‘सबै तिमीहरुकै थियो। अहिले क्रंक्रिट भवनले छोपेको हो।’
दाजु शेखरको उत्तरसंगै उनले बालपनको याद स्मरण गरे र सोधे, ‘आप फलेको छैन। लिची फलेको छैन। फेरि दाजु शेखरले जवाफ दिदैं, ‘यसपटक निकै फलेन।
यसपटक त लिची आप कतै पनि फलेको छैन रहेछ।’ संवाद जारी रहँदै गर्दा डा. शेखर कोइरालाले भाई सशांकतिर हेर्दै सोधे, ‘काठमाडौंतिरको के छ हालचाल ? संशांकको जवाफ थियो, उस्तै त हो।’ दुवै जनाबीचको संवादमा नजिकै रहेका बलबहादुर केसीले काठमाडौंमा नयाँ कुरा के नै छ र ? उही पुरानो उस्तै त हो।’
केसीले डा. शेखरलाई काठमाडौं कहिले फर्कने भनेर जिज्ञासा राखिरहँदा कोइरालाले हास्दै केहीदिन त अझै बस्छु। सवाल जवाफ जारी थियो। डा. संशाकले फेरि सोधे, ‘भोली कहाँ हो कार्यक्रम अनि कति बजे।’ विहान ११ बजे भन्दै डा. शेखरले कार्यक्रमस्थल मनाश्लु होटल भएको बताए। त्यही बसेका अर्का युवा नेता दामोदर कोइरालाले जवाफ दिए बरगाछीबाट उत्तर हो।
आइतबार विराटनगरमा हुन लागेको कोशी प्रदेशस्तरीय बृहत भेलालाई सम्बोधन गर्न विराटनगर आएका डा. सशांक वेलुका करिब ७ बजे निवास पुगेका थिए। विराटनगरमा हुने भनिएको भेला कांग्रेसको इतर पक्षले शक्तिप्रदर्शनका रुपमा लिएका छन्।
भर्खरै
लोकप्रिय
