अ
+
अ
अ
-
काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्ति र सुस्तामा भारतीय एसएसबीको ज्यादतीविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन भएको छ।
वैज्ञानिक समाजवादी विद्यार्थी संगठन, नेपालले आइतबार प्रदर्शन गरेको हो। प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भनेर संसद्मा बोलेपछि सुस्तामा भारतीय एसएसबीको ज्यादती बढेको उनीहरूको भनाइ छ।
प्रदर्शनमा सहभागीहरूले ‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’, ‘जनताको प्रतिनिधि हौ कि बालेनको रबर स्ट्याम्प?’, ‘मलाई बोल्न दे सरकार’, ‘सुस्तामा जनताको रखवाली, दिल्लीमा बालेनको दलाली’लगायतका नारा लेखिएक प्लेकार्ड बोकेका थिए।

भर्खरै
लोकप्रिय
