कानुनलाई राजनीतिक हतियारका रूपमा प्रयोग नगर्न सरकारलाई गगन थापाको चेतावनी

कानुनलाई राजनीतिक हतियारका रूपमा प्रयोग नगर्न सरकारलाई गगन थापाको चेतावनी
+
-

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बहुमतको आडमा कानुनलाई राजनीतिक हतियारका रूपमा प्रयोग नगर्न सरकारलाई चेतावनी दिएका छन्।

आइतबार पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सानेपामा आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीका सांसदहरूलाई ‘कानुनको शासन’ र ‘कानुनद्वारा शासन’बीचको भेद छुट्याई सोहीअनुसार प्रस्तुत हुन निर्देशन दिए।

उनले सरकारले मुलुकको आर्थिक रुपान्तरणका लागि प्रभावकारी काम गरे कांग्रेसको सहयोग रहने तर संविधान र कानुन कार्यान्वयनको सवालमा कुनै सम्झौता गर्न नसकिने बताए।

उनले वि.सं. २०४८ सालजस्तै अनुकूल राजनीतिक वातावरण र वि.सं. २०१५ सालजस्तै जनसमर्थन प्राप्त भएको अवस्थामा सरकारले मुलुकको बृहत्तर हित हुने गरी परिणाम निकाल्नुपर्नेमा जोड दिए। उनले कानुन निर्माण र मुलुक सञ्चालनको क्रममा सबैलाई सहभागी गराउनुपर्ने उल्लेख गर्दै सरकारले आफू संविधानभित्रै रहेर बनेको कुरामा हेक्का राख्नुपर्ने तर्क गरे।

उनले सरकारले संवैधानिक मर्यादा र विधिको शासनलाई बेवास्ता गरे नेपाली कांग्रेस नाफा–घाटाको हिसाब नगरी त्यसविरुद्ध उभिने स्पष्ट पारे।

उनले सरकारले ल्याएको अगामी आर्थिक वर्षको बजेटले मध्यम र न्यून आय भएका वर्गलाई कुनै पनि किसिमको राहत दिन नसकेको स्पष्ट पारे। आयकरको सीमा हटाएर बाहिरबाट मध्यम आय भएका नागरिकलाई राहत दिएजस्तो गरेपछि पछाडिबाट करको भार बढाएको उनको टिप्पणी छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…