कांग्रेसभित्रै लोकतन्त्र अन्त्य हुँदै निरंकुशता सुरु हुनु दुःखदः डा कोइराला

कांग्रेसभित्रै लोकतन्त्र अन्त्य हुँदै निरंकुशता सुरु हुनु दुःखदः डा कोइराला
+
-
देशसञ्चार AI सारांश
  • कांग्रेस नेता शेखर कोइरालाले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने प्रयास गरिरहेको बताएका छन्।
  • कोइरालाले सभापति गगनकुमार थापासँग छलफलपछि पाँच बुँदे पत्र लेखेर पार्टी एकता पहल थाले।
  • पार्टी नेतृत्वले भेलामा सहभागी नहुने धम्की दिएपनि कोइरालाले फुटमा होइन जुटमा एकता बनाउने दृढता प्रकट गरे।

मोरङ – कांग्रेस नेता डा. शेखर कोइरालाले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने प्रयास गरिरहेको बताएका छन्। विराटनगरमा आइतबार आयोजित बृहत एकता साझा प्रतिबद्धता नामक कोशी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले भने, ‘हामीले पार्टीलाई एकताबद्ध गरी अगाडि बढ्ने प्रयास गरेका छाँै। यसका लागि डर हटाएर सबै जना सहभागी हुन जरुरी छ।’

पार्टी एकताका लागि आफूले सभापति गगनकुमार थापासँग छलफल गरेपछि पाँच बुँदे पत्र लेखेको उनले बताए।

उनले भने, ‘यो पत्र लेख्ने मुडमा म थिइनँ। बाध्यता बन्यो। साथीहरूलाई कारबाही गर्ने चेतावनीसमेत आयो। तर, हामी फुटमा होइन जुटमा एकता बनाएरै छाड्नेछाैँ।’

नेता कोइरालाले कुनै पनि हालतमा पार्टी फुट्न नदिने प्रष्ट्याए। उनले भने, ‘कांग्रेसको जन्म निरंकुशताको अन्त्य र लोकतन्त्र स्थापनाका लागि भएको हो। तर, विडम्बना कांग्रेसभित्रै लोकतन्त्र अन्त्य हुँदै निरंकुशताको सुरुवात हुनु दुःखद पक्ष हो।’

भेलामा सहभागी नेता–कार्यकर्तालाई डर, धम्की र त्रासमा नभई सच्चा कांग्रेस र पार्टी एकताका लागि बलियो हुनेगरी घर फर्कन आग्रह गरे।

सोही क्रममा उनले पार्टीले अध्यावधिक नगर्ने वडासभापतिहरूलाई कारबाही गर्ने बताएपछि आफूहरूले पाँचबुँदे प्रस्ताव लेख्नुपर्ने बाध्यता भएको खुलाए।

पार्टीलाई एकता बनाउने प्रयासमा आफूहरू लागिरहँदा पार्टी नेतृत्वले भेलामा सहभागी नहुनेसम्मको धम्की आएको उनले सुनाएका थिए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…