- कैलाली प्रशासन कार्यालयमा महिला टेम्पो भीरमा खसालिएको घटनाबारे भएको छलफल सहमति बिना टुंगिएको छ।
- पीडितले दोषीलाई कारबाहीको माग गर्दै प्रशासनको मर्मत र क्षतिपूर्तिको प्रस्ताव अस्वीकार गरेका छन्।
- प्रहरी अनुसन्धानमा ११ वन कर्मचारीलाई सोधपुछ गरिँदा, कानुनी प्रक्रिया निष्कर्षपछि अगाडि बढाइने जनाएको छ।
धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा एक महिलाको टेम्पो भीरमा खसालिएको घटनाबारे आईतबार दिउँसाे जिल्ला प्रशासन कार्यालय कैलालीमा लामाे समयसम्म चलेकाे छलफल बिना निष्कर्ष टुङ्गिएकाे छ।
पिडित पक्ष सहितकाे छलफलमा सहमती नभएपछि साेमबार पुनः छलफल गर्ने गरी टुङ्गिएकाे कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए।
उनले भने – दिनभरकाे छलफलमा विभिन्न विकल्पमा छलफल भयाे, सबै पक्षका कुरा सुन्याै तर पिडित पक्षले घटना भएकाे गाेदावरी नगरपालिकाका नगरप्रमुख सहित सहमति हुनुपर्ने बताएपछि आज ढिलाे भयाे र टुङ्गिएन। उनले साेमबार गाेदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टसहित छलफल गरिने बताए।
यता पिडित पक्षले प्रशासनका तर्फबाट ट्याम्पु मर्मत गरिदिने र २५ हजार क्षतिपूर्ति दिने प्रस्ताब गरेकाे तर आफुहरुले नमानेकाे बताए।
उनीहरुले दाेषीलाई कार्वाही गर्नुपर्ने अडान राखेका छन्। घटनामा संलग्न रहेको आशंकामा ११ जना वन कर्मचारी संग प्रहरीले साेधपुछ गरेकाे र थप अनुसन्धान गरिने प्रहरीले जनाएकाे छ।
शनिबार भएको उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि चौतर्फी आलोचना भएको थियो।
घटनाबारे अनुसन्धान अगाडि बढाउने क्रममा जिल्ला प्रहरीले वन कार्यालयका ११ जना कर्मचारीलाई वाेलाएर साेधपुछ गरेकाे जनाएकाे छ।
अनुसन्धानको निष्कर्षका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
भर्खरै
लोकप्रिय
