गायक राजु परियारसहित आधा दर्जन कलाकारले दिए एकसाथ सांगीतिक प्रस्तूति

गायक राजु परियारसहित आधा दर्जन कलाकारले दिए एकसाथ सांगीतिक प्रस्तूति
+
-
देशसञ्चार AI सारांश
  • दरबार रोधी क्लबको १८औँ वार्षिकोत्सवमा प्रख्यात गायकहरूले सांगीतिक प्रस्तुति दिँदै दृष्टिविहीन कलाकारलाई ५० हजार रुपैयाँ सहयोग गरियो।
  • कार्यक्रममा प्रेमराजा महत प्रमुख अतिथि रहेका थिए भने विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको उपस्थिति उल्लेखनीय थियो।
  • दरबार रोधी क्लबले नेपाली लोकगीत-संगीतको संवर्द्धन गर्दै नयाँ प्रतिभालाई मञ्च प्रदान गर्दै आएको छ।

राजधानीमा एक कार्यक्रमबिच आधा दर्जन कलाकारले सांगीतिक प्रस्तूति दिएका छन्।

दरबार रोधी क्लबको १८औँ वार्षिकोत्सवको अवसरमा गायक प्रेमराजा महत, राजु परियार, विश्व दोङ, श्याम राना र दीपिका बयम्बुले सांगीतिक प्रस्तूति दिएका हुन्।

कार्यक्रमकै अवसरमा दरबार रोधी क्लबले दृष्टिविहीन तथा संघर्षरत कलाकारहरूको सहयोगका लागि ५० हजार रुपैयाँ प्रदान गरेको छ। क्लबका अध्यक्ष श्रवणकुमार कुँवरले सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै आगामी वर्षहरूमा पनि वार्षिकोत्सवबाट प्राप्त आम्दानीको एक हिस्सा यस्ता कलाकारहरूको सहयोगमा खर्च गर्ने प्रतिबद्धता व्यक्त गरे।

वार्षिकोत्सवको दोस्रो दिन गायिका प्रीति आले र गायक कुलेन्द्र विश्वकर्माले दर्शकलाई भरपुर मनोरञ्जन दिए। प्रीति आलेले ‘बामरी बामरी’ प्रस्तुत गर्दा दर्शकले साथ दिएका थिए भने कुलेन्द्रले ‘सालको पातको टपरी’ गाएर माहोल तताएका थिए।

दरबारमार्गस्थित मायालु कम्प्लेक्समा आयोजित कार्यक्रममा वरिष्ठ गायक तथा सर्जक प्रेमराजा महत प्रमुख अतिथि थिए। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रीता थापा विशिष्ट अतिथि तथा नेपाल लोक दोहोरी व्यावसायी संघका अध्यक्ष विनोद श्रेष्ठ, राष्ट्रिय लोक दोहोरी व्यावसायी संघका अध्यक्ष दीपसागर थापा, मनोरञ्जन व्यावसायी संघका अध्यक्ष आशिष खड्का, रात्रिकालीन व्यावसायी प्रतिष्ठानकी अध्यक्ष उमा श्रेष्ठलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

नेपाली लोकगीत–संगीतको संरक्षण, संवर्द्धन तथा नयाँ प्रतिभालाई मञ्च प्रदान गर्ने उद्देश्यसहित स्थापना भएको दरबार रोधी क्लबले १८ वर्षको यात्रामा थुप्रै कलाकारलाई व्यावसायिक अवसर प्रदान गरेको छ। यस वर्षको वार्षिकोत्सवले मनोरञ्जनसँगै कलाकारप्रतिको सामाजिक दायित्वलाई पनि सँगसँगै अघि बढाउन सकिने सन्देश दिएको आयोजकको भनाइ छ।

 

 

 

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…