- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले समयमै काम नगर्ने निर्माण व्यवसायीको खुट्टा भाचिदिन चेतावनी दिएका छन्।
- बिजुलीको पोल नसार्दा समस्या भएको गुनासोपछि लम्सालले चाँडो काम गर्न निर्देशन दिएका छन्।
- मन्त्रीको अभिव्यक्ति विवादास्पद बनेको छ र सर्वत्र विरोध भइरहेको छ।
काठमाडौँ – पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माण व्यवसायीको मानर्मदन हुने अभिव्यक्ति दिएका छन्। उनले समयमै काम नगरेको भन्दै फिल्डमै निर्माण व्यवसायीको खुट्टा भाचिदिन भनेका हुन्।
आइतबार नागढुंगा–मुग्लिन सडक खण्डको निरीक्षण् गर्न पुगेका लम्साललाई स्थानीयले बिजुलीको पोल नसार्दा समस्या भएको गुनासो गरेपछि काम नगर्नेहरुको मतलत नै नगरी खुट्टा भाँचिदिन भनेका हुन्।
सुरक्षाकर्मी र स्थानीयबाट घेरिएका लम्सालले भने, ‘यो जुन पोलवाला छन्। बिजुलीको पोलको कन्ट्र्याक्टर कहाँ छ ? यो धर्तीमा कहाँ छ ? त्यसलाई खोजेर यहाँ लिएर आउनू । घर पठाउने होइन । त्यसले काम गरेन भने खुट्टा भाँचिदिनू, मतलब भएन।’
उनले चाँडो काम सक्नुपर्ने बताउँदै जनताले दुःख पाएको समेत बताएका थिए। लम्सालले भने, ‘यिनीहरूले चाँडैभन्दा चाँडै पोल सार्न र्पयो । किनकि यहाँको पब्लिकले धेरै दुःख पाएका छन् । उनीहरूलाई राम्रोसँग काम गर्न लगाउन र्पयो । यो पोलको है, बिजुलीको पोलको । म्यामेरियलका लागि कत्तिको सहजीकरण चाहिन्छ, पूरा गर्न म्यामेरियल चाहिन्छ । यसको व्यवस्था हुन्छ ।’
मन्त्रीको अभिव्यक्तिपछि सर्वत्र विरोध सुरु भएको छ। कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा, पूर्वप्रहरी प्रमुख चन्द्रकुवेर खापुङले मन्त्रीको भनाइप्रति आपत्ति जनाएका छन्। त्यस्तै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले पनि मन्त्रीको भनाइको विरोध गरेका छन्।
चुनावअघि प्रस्तावित प्रधानमन्त्रीका उम्मेदवार वालेन्द्र शाहले ठेकेदारलाई रुखमा बाँधेर काम लगाउने चेतावनी दिएका थिए।
भर्खरै
लोकप्रिय
