देश बनाउने टिमबाटै ठेकेदारको खुट्टा भाँच्ने धम्की आउनु निन्दनीयः दुलाल

देश बनाउने टिमबाटै ठेकेदारको खुट्टा भाँच्ने धम्की आउनु निन्दनीयः दुलाल
युवराज दुलाल
+
-
देशसञ्चार AI सारांश
  • नेकपाले निर्माण व्यवसायीको खुट्टा भाँच्ने मन्त्री सुनिल लम्सालको अभिव्यक्तिप्रति कडा निन्दा व्यक्त गरेको छ।
  • प्रमुख सचेतक युवराज दुलालले युवा पुस्ताले के सिक्ने भन्दै मन्त्रीको अभिव्यक्तिप्रति सामाजिक सञ्जालमा आपत्ति जनाएका छन्।
  • उनले अतिक्रमित भूमिबारे भारतसँग वार्तामा डिप्लोम्याटिक च्यानल प्रयोग गर्नुपर्ने तर नेपालीलाई थर्काउन मन्त्री पर्याप्त भनेका छन्।

काठमाडौँ – नेकपाले निर्माण व्यवसायीको खुट्टा भाँच्ने भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालको अभिव्यक्तिप्रति निन्दा व्यक्त गरेको छ ।

नेकपा संसदीय दलका प्रमुख सचेतक युवराज दुलालले सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री लम्सालको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन्।

नागढुंगा–मुग्लिन सडक खण्डको अवलोकनका क्रममा मन्त्री लम्सालले काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिन निर्देशन दिएका थिए।

दुलालले प्रधानमन्त्रीले सार्वजनिक गरेको देश बनाउने टिमका सदस्यबाट त्यस्तो अभिव्यक्ति आउँदा नवयुवाले के सिक्ने भन्ने प्रश्न पनि गरेका छन् ।

‘हिजो प्रधानमन्त्रीले देश बनाउने तीन सदस्यीय जम्बो टोलीको फोटो सार्वजनिक गर्नुभएको थियो । त्यस लगत्तै एक सदस्य योद्धा मन्त्रीजीले निर्माण व्यवसायीको खुट्टा भाँच्न सार्वजनिक रुपमा निर्देशन दिनुभएछ’, दुलालले लेखेका छन्, ‘वाह विधिको शासन की धम्किको शासन मन्त्री जी १ तपाईको उक्त अभिव्यक्ति निन्दनीय छ । तपाई देशको मन्त्री, युवाको आदर्श १ तपाईबाट नवयुवाले के सिक्ने?’

सुकुम्वासी बस्तीमा अमानवीय आक्रमण, कैलालीमा टेम्पो भिरबाट गुल्ट्याउने र घरका छानामाथि ढुंगा हान्ने बहादुर सरकारले निर्माण व्यवसायीलाई खुट्टा भाँच्ने निर्देशन दिनु ठूलो कुरा नभएको टिप्पणी उनको छ ।

दुलालले अतिक्रमित भूमिबारे भारतसँग बोल्न डिप्लोम्याटिक च्यानल प्रयोग गर्नुपर्ने बताउने सरकारका मन्त्री नेपाली थर्काउन पर्याप्त रहेको बताए । सरकार नेतृत्वकर्ता रास्वपा सभापति रवि लामिछानेतर्फ लक्षित गर्दै उनले भनेका छन्, ‘अतिक्रमित भूमिको बारेमा भारतसँग बोल्न पो ‘डिप्लोम्याटिक च्यानल्ज’ प्रयोग गर्नुपर्छ त नेपाली थर्काउन त मन्त्री नै पर्याप्त छन् नि होइन्, सभापति जी ?’

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…