कस्तो बन्दैछ नयाँ संसद भवन? (तस्बिरहरू)

कस्तो बन्दैछ नयाँ संसद भवन? (तस्बिरहरू)
तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी।
+
-
देशसञ्चार AI सारांश
  • सिंहदरबारमा नयाँ संसद् भवनको प्रतिनिधि सभाको हल निर्माण कार्यले संरचनागत कामहरू सकिए तापनि प्राविधिक काम बाँकी छ।
  • पटक-पटक म्याद थपिँदा पनि प्रगति नभएपछि सभामुख डीपी अर्यालले काममा ढिलाइप्रति कडा असन्तुष्टि जनाए।
  • समयमै कार्य पूरा नभए जरिवाना तिराउने चेतावनीका बीच सभाध्यक्षले निर्माण पक्षलाई शीघ्र काम सम्पन्न गर्न निर्देशन दिए।

काठमाडौँ- सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद् भवन अन्तर्गत प्रतिनिधि सभाको हल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

निर्माण पक्षका अनुसार हलको अधिकांश संरचनागत कामहरू सम्पन्न भइसकेका छन्।

यद्यपि, माइक तथा साउन्ड प्रणाली जडान गर्ने जस्ता प्राविधिक कामहरू अझै बाँकी रहेकाले निर्माण कार्य पूर्ण रूपमा कहिलेसम्म सकिन्छ भन्ने निश्चित मिति भने तय हुन सकेको छैन।

पटक–पटक म्याद थपिँदा पनि निर्माण कार्यमा सोचेजस्तो प्रगति नभएपछि सभामुख डीपी अर्यालले असार १ गते निर्माणाधीन संसद् हलको आकस्मिक निरीक्षण गरेका छन्।

संसद् सचिवालयका कर्मचारीहरू सहित निर्माणस्थल पुगेका सभामुख अर्यालले काममा भइरहेको ढिलाइप्रति कडा असन्तुष्टि जनाए।

उनले निर्माण सम्पन्न हुने यकिन मिति तत्काल उपलब्ध गराउन निर्देशन दिँदै समयमै काम नसकिए दैनिक एक करोड रुपैयाँसम्म जरिवाना तिराउने चेतावनी समेत दिएका छन्।

निरीक्षणका क्रममा सभामुख अर्यालले सहरी विकास मन्त्री र सचिवलाई समेत तत्काल काम सक्न निर्देशन दिएका छन्।

निर्माण पक्षको ढिलासुस्तीप्रति आक्रामक रूपमा प्रस्तुत हुँदै उनले भने, “रातदिन काम गरेर भए पनि बोलेको कुरा पुर्‍याउनुपर्‍यो। बहाना बनाइरहनुभएको छ। यो हामीमाथिको मात्र होइन, राष्ट्रकै अपमान हो। अब मलाई स्पष्ट निष्कर्ष चाहियो।”

नयाँ भवनको निर्माण कार्य पूरा नभएका कारण प्रतिनिधि सभाको बैठक हालसम्म अस्थायी हलबाटै सञ्चालन हुँदै आएको छ।

नयाँ र आधुनिक सभा कक्ष पूर्ण रूपमा तयार भएपछि संसद्का आगामी नियमित बैठकहरू सिंहदरबारकै यही नयाँ भवनबाट सञ्चालन गर्ने संसद् सचिवालयको तयारी छ।

तस्बिरहरूः

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…