यसरी रोपिँदै छ टुँडिखेलमा दुबो (तस्बिरहरू)

यसरी रोपिँदै छ टुँडिखेलमा दुबो (तस्बिरहरू)
+
-

काठमाडौँ – राजधानीको ऐतिहासिक तथा प्रमुख खुला सार्वजनिक क्षेत्र टुँडिखेलमा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले दुबो रोप्ने कार्य तीव्र रूपमा अघि बढाइएको छ।

‘टुँडिखेल हरियाली कार्यक्रम’ अन्तर्गत सञ्चालन भइरहेको अभियानमार्फत टुँडिखेललाई थप हराभरा, आकर्षक तथा वातावरणमैत्री बनाउने प्रयास गरिएको हो।

काठमाडौँ महानगरपालिका तथा सम्बन्धित निकायहरूको समन्वयमा सञ्चालन भइरहेको उक्त कार्यक्रमअन्तर्गत टुँडिखेलमा दुबो रोप्ने, हरियाली संरक्षण गर्ने तथा खुला क्षेत्रको सौन्दर्य अभिवृद्धि गर्ने काम भइरहेको छ।

टुँडिखेल ऐतिहासिक, साँस्कृतिक तथा सामाजिक दृष्टिले महत्वपूर्ण खुला क्षेत्र मानिन्छ। यहाँ राष्ट्रिय दिवसका समारोह, विभिन्न साँस्कृतिक तथा सामाजिक कार्यक्रम, खेलकुद गतिविधि तथा सर्वसाधारणको दैनिक व्यायाम, घुमफिर र मनोरञ्जनका गतिविधि सञ्चालन हुँदै आएका छन्।

पछिल्ला वर्षहरूमा टुँडिखेलको संरक्षण, सौन्दर्यीकरण तथा यसको मौलिक स्वरूप जोगाउने विषयमा विभिन्न सरोकारवाला निकाय तथा नागरिकस्तरबाट चासो व्यक्त हुँदै आएको छ। खुला क्षेत्रको संरक्षणसँगै वातावरणीय सन्तुलन कायम राख्न हरियाली विस्तारलाई प्राथमिकता दिइएको बताइएको छ।

तस्बिर: नेपाल फोटो लाइब्रेरी

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…