‘बजेट कार्यान्वयन सरकारको प्राथमिकतामा छ’

‘बजेट कार्यान्वयन सरकारको प्राथमिकतामा छ’
+
-

मोरङ – आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट कार्यान्वयनमा सरकार कटिबद्ध रहेको कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिन्थेपले बताएका छन्।

मंगलबार बजेटको विषयमा जानकारी दिन मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री लिन्थेपले बजेटले करिब ५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको बताए।

उनले स्वच्छ सुखी र समुन्नत प्रदेश निर्माणको दीर्घकालीन सोचलाई सार्थक बनाउने उदेश्यसहित बजेट ल्याएको उल्लेख गरे। उनले प्रदेशको आर्थिक विकास, रोजगारी सिर्जना, गरिबी न्यूनीकरण र दिगो पूर्वाधार विकासलाई केन्द्रमा राखी बजेट तयार पारिएको बताए।

उनले विपद व्यवस्थापनदेखि आवासविहीनका लागि कोशी जनता आवास कार्यक्रम, बहुवर्षीय आयोजनाका लागि कार्यान्वयन, सडक सञ्जाल गुरुयोजनालगायतलाई प्राथमिकतामा राखिएको बताए।

उनले स्थानीय तहको साझेदारीमा फोहोर व्यवस्थापनका लागि पूर्वाधार निर्माणजस्ता कार्यक्रम समावेश गरिएको उल्लेख गरे। जनताको जलविद्युत कार्यक्रमअन्तर्गत घुन्सा खोला र सिम्बुवा खोला जलविद्युत आयोजनामा लगानी, अधुरा आयोजना सम्पन्न गर्ने, निर्वाचन क्षेत्रलक्षित मझौला सिँचाइ आयोजना र भूमिगत सिँचाइ कार्यक्रम समेटिएको मन्त्री लिन्थेपको भनाइ छ।

२०८३ साउनदेखि २०८५ असारसम्म कोशी प्रदेश भ्रमण वर्ष सञ्चालन गरिने जानकारी दिए। यसअघि, प्रदेश सरकारले २०८२ साललाई कोशी पर्यटन वर्ष भने पनि त्यसले सकारात्मक सन्देश दिन भनेको सकेको थिएन।

सुनसरीको रामधुनीमा प्रादेशिक प्राणी उद्यान स्थापना र हाब्रे तथा हिउँ चितुवाको संरक्षण गरिने चियाबारी, फाल्गुनन्द, लालीगुराँस र मुन्धुम पदमार्गको विकास तथा केवलकार र गुप्त बराह मोनोरेलको सम्भाव्यता अध्ययनजस्ता कार्यक्रम समावेश गरिएको मन्त्री लिन्थेपको भनाइ छ।

मन्त्री लिन्थेपले प्रदेश मातहतका अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरिने जनाएका छन्। प्रदेशका प्रमुख अस्पताललाई आईसीयु सेवासहित रेफरल अस्पताल बनाइने बताएका मन्त्री लिन्थेपले ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ अभियान सञ्चालनलगायतका कार्यक्रमहरू प्रदेश सरकारले सञ्चालन गर्ने जानकारी दिए।

प्रदेश सरकारले सोमबार प्रदेशको आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाखको बजेट सार्वजनिक गरेको थियो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…