प्रधानमन्त्रीको अभिव्यक्ति र सभामुखको भुमिकाप्रति सांसद यादवको आपत्ति

प्रधानमन्त्रीको अभिव्यक्ति र सभामुखको भुमिकाप्रति सांसद यादवको आपत्ति
तस्बिर: बर्षा शाह/देशसञ्चार
+
-

काठमाडौँ– नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति र सभामुखको भुमिकालाई लिएर प्रतिनिधि सभामा आपत्ति जनाएका छन्।

बुधबारको संसद बैठकमा विशेष समय लिएर बोल्दै सांसद यादवले संसदको गरिमा र राष्ट्रियताका सवालमा गम्भीर प्रश्न उठाएका हुन्। उनले सभामुखको निष्पक्षतामाथि प्रश्न उठाउँदै आफ्नो पूर्वपार्टीसँगको सम्बन्ध अझै त्याग्न नसकेको आरोप लगाए।

सदनको अभिभावकका रूपमा सबैलाई समान व्यवहार गर्नुपर्नेमा सभामुखको भुमिका संकूचित देखिएको उनको तर्क थियो। ‘सभामुख महोदय, यहाँले सदनको अभिभावकका रूपमा यसको सम्मान बढाउनुपर्ने हो। के यहाँले आफ्नो पूर्वपार्टीसँगको नाभी अझै काट्न सक्नुभएको छैन ? प्रधानमन्त्रीज्यूले सीमाकाबारेमा जुन अभिव्यक्ति दिनुभयो, त्यसले देश भित्र मात्र नभई बाहिर पनि अनेकौँ प्रश्न जन्माएको छ। छिमेकी मुलुकसँगको वर्षौँदेखिको सुमधुर सम्बन्धमा यसले नकारात्मक असर पारेको छ र हाम्रो राष्ट्रियतामाथि भद्दा मजाक उडाउने ठाउँ दिइएको छ’, उनलेभ ने।

प्रधानमन्त्रीले नेपाल–भारत सीमाका सम्बन्धमा दिएको पछिल्लो अभिव्यक्तिप्रति लक्षित गर्दै यादवले यसले अन्तर्राष्ट्रिय स्तरमा देशको छविमा आँच पुर्‍याएको बताए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…