काठमाडौँ– नेपाली कांग्रेसका सचेतक निष्कल राईले तेस्रो देशमा चिया निर्यातका लागि बजारको सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।
गुणस्तर परीक्षणको नाममा भारतले चिया निर्यातमा रोक लगाएपछि उनले बुधबार प्रतिनिधि सभा बैठकमा उक्त माग गरेका हुन्। सचेतक राईले सरकारले भारतले चिया निर्यातमा रोक लगाउँदा इलामका चिया उद्योग बन्द भएको र त्यहाँ आश्रित श्रमिकहरुको रोजगारी गुम्ने खतरा रहेको बताए।
उनले सरकारले उक्त समस्या समाधानका लागि पहल नगरेको गुनासो गरे। ‘८३ वटा भन्दा बढी चिया उद्योग बन्द हुँदा सरकारको ध्यान पटक्कै गएको छैन’, उनले भने चिया उद्योग बन्द हुँदा किसानले उत्पादन गरेको हरियो चिया खेर गएको छ। चिया टिप्ने र त्यसका काम गर्ने श्रमिकहरुको रोजगारी गएको छ।’
सचेतक राईले चियाको गुणस्तर मापन सम्बन्धि ल्याबको आवश्यक व्यवस्था तत्काल गर्न पनि सरकारको ध्यानाकर्षंण गराए।
भर्खरै
लोकप्रिय
