अ
+
अ
अ
-
काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सबै संगठित क्षेत्रहरूमा अनिवार्य स्वास्थ्य बिमा गर्नेगरी काम गरिरहेको बताएकी छन्।
बुधवार प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालय सम्बन्धि विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मेहताले यस्तो बताएकी हुन्। ‘स्वास्थ्य बिमा ऐन संशोधन, आधारभूत स्वास्थ्य सेवालाई बिमाबाट अलग गर्ने। सबै संगठित क्षेत्रहरुमा अनिवार्य स्वास्थ्य बिमा गर्ने । सामाजिक स्वास्थ्य सुरक्षा कोष अन्तर्गतको स्वास्थ्य बिमालाई साविकको स्वास्थ्य बिमामा समाहित गर्ने लगायतका विषयहरुमा पैरवी गर्दै आएको छ ’, उनले भनिन्।
मन्त्री मेहताले सरकारले विगत भन्दा बढी प्राथमिकताका साथ स्वास्थ्य क्षेत्रमा बजेटको व्यवस्था गरेको दाबी समेत गरिन्।
भर्खरै
लोकप्रिय
