यार्सागुम्बा र हिमाली जडीबुटी प्रवर्द्धनमा सरकारी पहल

यार्सागुम्बा र हिमाली जडीबुटी प्रवर्द्धनमा सरकारी पहल
फाइल तस्बिर।
+
-
देशसञ्चार AI सारांश
  • मन्त्री गीता चौधरीले यार्सागुम्बालगायत हिमाली जडीबुटीको संरक्षण, प्रमोशन र बजारीकरणमा सरकार सक्रिय रहेको बताइन्।
  • नेपाली चिया निर्यातका अवरोध हटाउन प्राविधिक तथा कूटनीतिक तहमा छलफल भइरहेको जानकारी उनले दिइन्।
  • वन अतिक्रमण घटनामाथि छानबिन गरी कानुनी कारबाही प्रक्रिया अघि बढेको र समिति गठन भएको उनले बताइन्।

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यार्सागुम्बासहित हिमाली जडीबुटीको संरक्षण, प्रवर्द्धन र बजारीकरणका लागि सरकारबाट आवश्यक पहल भइरहेको बताएका छन्।

सङ्घीय संसद् प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत कृषि, वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित खर्च शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले यार्सागुम्बालगायत जडीबुटीको व्यवस्थित सङ्कलन, सुरक्षा, बिमा, प्रशोधन केन्द्र स्थापना, मूल्यको सुनिश्चित र बजार पहुँच विस्तारमा सरकार केन्द्रित रहेको बताए।

उनले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि जडीबुटी विकास कार्यक्रम कार्यान्वयनका लागि स्थानीय तह, प्रदेश सरकार र सरोकारवालासँग समन्वय भइरहेको बताए।

कैलालीमा वन अतिक्रमण हटाउने क्रममा ट्याम्पो भिरबाट खसालिएका घटनाका सम्बन्धमा मन्त्री चौधरीले सत्यतथ्य छानबिन गरी कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिए। उनका अनुसार, प्रदेश वन निर्देशकको संयोजकत्वमा जाँचबुझ तथा छानबिन समिति गठन गरिएको छ।

राष्ट्रसेवक कर्मचारीले आफूलाई जनताको सेवकका जिम्मेवार र उत्तरदायी भएर काम गर्नुपर्ने आवश्यता औँल्याउँदै मन्त्री चौधरीले राज्य सम्पत्तिको संरक्षण र व्यवस्थापनमा पनि जिम्मेवार हुन निर्देशन दिए।

मन्त्री चौधरीले नेपाली चिया निर्यातमा देखिएको अवरोधप्रति सरकार गम्भीर रहेको जानकारी दिँदै विगतझैँ सहज रूपमा चिया निर्यात हुने वातावरण बनाउन मन्त्रालयले आवश्यक पहल गरिरहेको बताए।

उनले चिया उद्योगीले भोगिरहेका समस्या समाधानका लागि प्राविधिक तथा कूटनीतिक दुवै तहमा छलफल भइरहेको र संवाद सकारात्मक दिशातर्फ अघि बढिरहेका बताए।

मन्त्री चौधरीले विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदले दिएका सुझाव र परामर्शले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वयनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…