एमालेले लुम्बिनीमा सुरु गर्दै पार्टी पुनःगठन अभियान

एमालेले लुम्बिनीमा सुरु गर्दै पार्टी पुनःगठन अभियान
फाइल तस्विर
+
-

दाङ-नेकपा एमालेले पार्टी पुनःगठन अभियान तथा निर्वाचन समीक्षालाई केन्द्रमा राख्दै लुम्बिनी प्रदेशस्तरीय बैठक सुरु गर्ने भएको छ । कोशी प्रदेशमा कार्यक्रम सम्पन्न गरेपछि पार्टीको केन्द्रीय टोली लुम्बिनी आइपुगेको हो ।

एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलका अनुसार कपिलवस्तुको चनौटामा आयोजना हुने बैठकमा पार्टीका उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट, महासचिव शंकर पोखरेल तथा सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मालगायत शीर्ष नेताको सहभागिता रहने छ।

बैठकमा लुम्बिनी प्रदेशका १२ वटै जिल्ला कमिटीका पदाधिकारी, प्रदेश कमिटीका पदाधिकारी तथा प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय कमिटी सदस्यहरूको उपस्थिति रहने अध्यक्ष कँडेलले जानकारी दिए ।

उनका अनुसार बैठकको मुख्य एजेन्डा पार्टीको संगठनात्मक पुनःगठन, पछिल्लो निर्वाचनको समीक्षा तथा आगामी रणनीति तय गर्ने रहने छ। बैठकबाट संगठनलाई थप सुदृढ बनाउने तथा कार्यकर्तालाई सक्रिय बनाउने विषयमा समेत छलफल हुने जनाइएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…