नेपालगन्ज – नेपालगन्जमा राष्ट्रियस्तरकाे ´नेपालगन्ज पम्प ट्रयाक च्यालेन्ज` हुने भएकाे छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १, काेहलपुर नगरपालिका, बाँके जिल्ला साइक्लिङ संघ, नेपालगन्ज साइक्लिङ क्लवकाे सहकार्यमा नेपालगन्ज बाइसाइकल प्रालिले आयाेजना गरेकाे नेपालगन्ज पम्प ट्रयाक च्यालेन्जमा देशभरबाट ३५ जना खेलाडीले भाग लिँदैछन्।
साइकल पम्प ट्रयाक देशभरमै नेपालगन्ज र ललितपुरमा मात्रै रहेकाे छ। देशभर संरचना नभएकाले याे खेलमा धेरै खेलाडी छैनन्।
नेपालगन्ज बाइसाइकल प्रालिका निर्देशक गगन थापाका अनुसार प्रतियाेगितामा उमेर अनुसार विभिन्न ६ वटा विधामा रहेका छन्। प्रतियाेगिताले नेपालगन्ज पम्प ट्रयाककाे विकास, प्रचार प्रसार, नयाँ प्रतिभाकाे खाेजी तथा खेल पर्यटन प्रवर्दनमा सघाउ पुर्याउने थापाले बताए।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष प्रमाेद रिजालले पम्प ट्रयाक बनेपछि साइकल चलाउने तथा व्यवसायिक खेलाडी हुन इच्छा राख्नेकाे संख्या बढिरहेकाे बताए। उनले प्रतियाेगिताले युवामा खेल संस्कृतिकाे विकास, स्वस्थ जीवनशैलीकाे प्रवर्दन, वातावरणमैत्री यातायातप्रति आकर्षण अभिबृद्वि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनका लागि आधार तयार गर्न सहयाेग पुग्ने बताए। प्रतियाेगिता असार ६ गते हुनेछ।
भर्खरै
लोकप्रिय
