मूलको पानीका लागि व्यवस्थित धारा निर्माण

+
-

हुम्ला – अव्यवस्थित र छरिएर बग्ने मूलको पानीका लागि ब्यवस्थित धारा निर्माण गरिएको छ। मानिस र पशुवस्तुलाई पिउनका लागि छुट्टाछुट्टै धारा निर्माण गरेर मूलको पानी व्यवस्थित बनाइएको हो।

मूलबाट बग्ने पानीलाई मानिस तथा पशुवस्तु हिँड्ने बाटोमा छरपष्ट बगिरहेका बेला त्यसलार्ई ब्यवस्थित रुपमा आधुनिक धारा निर्माण गरेर सो पानीलाई ब्यवस्थित गरिएको खार्पुनाथ गाउँपालिका– ५ को दुर्पा गाउँका स्थानीय चतुरसिंह बुढाले जानकारी दिए।

अव्यवस्थित र खेर जाने मूलको पानीलाई मानिसको प्रयोगका लागि एउटै लाइनमा आठ वटा धारा निर्माण गरेर पानी खसालिएको वडाध्यक्ष भरतजंग शाहीले बताए।

स्थानीयको मागलाई ध्यानमा राखेर ती धारा निर्माण गरिएको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुख ज्वालाराज शाहीले बताए।

यो काम उपभोक्ता समितिबाट गरिएको र कार्यालयसँग सम्झौता भएको तीन महिनामा सम्पन्न भएको हो।

दुर्पा गाउँका ५७ घरधुरी उक्त धाराबाट लाभान्वित हुने र एक हजारभन्दा बढी पशुबस्तुलाई पनि राहत भएको स्थानीयले बताएका छन्।

यी धारा निर्माणका लागि कार्यालयबाट १७ लाख बजेट बिनियोजन गरिएको र त्यसको बीस प्रतिशत उपभोक्ताको योगदानबाट भएकोे कार्यालयले जनाएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…