- अर्थमन्त्री वाग्लेले ऋण लिँदा जहाज डुब्ने वा आकाश खस्ने जस्तो नकारात्मक नसोच्न आग्रह गरेका छन्।
- उनले ऋणले उत्पादनमूलक गतिविधिहरूमा लगानी भई आर्थिक वृद्धि र आम्दानी सृजना गर्न सकेको बताए।
- वाग्लेले नेपालले ६५ वर्षदेखि ऋण लिने परम्परा भएको र उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताए।
काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ऋण लिँदैमा जहाजै डुब्ने र आकाशै खस्ने भन्ने नहुने बताएका छन्।
शुक्रबार विनियोजन विधेकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनेक्रममा उनले ऋण लिनु खराब नभएको बताउँदै ऋण लिँदैमा जहाज डुब्ने र आकार खस्ने भन्ने नहुने बताएका हुन्।
उनले ऋण लिनु आफैमा खराब नाएको भन्दै देशको बाध्यता पनि रहेको बताए। ‘ऋण लिने होइन दिने अवस्थामा पुगौँन भन्ने पनि छ। त्यो पनि राम्रै हो। त्यो दिन पनि आउला। यो भाष्य आफैमा धेरै नकारात्मक पनि होइन’, उनले भने ‘ऋण लिँदैमा जहाजै डुब्ने, आकाशै खस्ने होइन। ऋण लिनु खराब होइन। ऋण लिनुपर्छ। हाम्रो त बाध्यतात्मक अवस्था नै छ। ३० खर्ब त बोकेरै हिडिरहेका छौँ।’
उनले विदेशबाट लिइएका ऋण ठूला सडक पूर्वाधार र ट्रान्समिसन लाइनमा लगानी भएको र ती आयोजनाले ऋण तिर्ने हैसियत राख्ने पनि बताए। ‘ऋण कहाँ सदुपयोग गरियो त्यो हो र त्यसमा माननीयज्यूहरूले ठूलो निगरानी गर्नुपर्ने हुन्छ। आज पनि सडक पूर्वाधार, ट्रान्समिसन लाइन। यस्तै यस्तैमा हो हाम्रो ऋणको लगानी’, वाग्लले भने ‘त्यो ऋणको सन्दर्य के हो भने त्यसले आफै तिरिदै जाने खालका हुन्। त्यसले आर्थिक वृद्धि सृजना गर्छ। त्यसले आम्दानी सृजना गर्छ।’
उनले ऋण लिएर घ्यू खान नहुने र नेपालले ऋण लिएको इतिहार नै ६५ वर्षभन्दा बढी भइसकेको बताए। ‘ऋण लिएर घ्यू खान पो त भएन।उत्पादनमुलक गतिविधिमा लगानी गर्न हुन्छ। त्यो इतिहास जारी रहेको झण्ड ६५ वर्ष भयो। आन्तरिक ऋण लिन थालेको सन् १९६२ देखि, बाह्य ऋण सोभियत संघपछि बेलायतबाट लिएको जस्तो लाग्छ मलाई सन् १९६३ तिर’, उनले भने ‘ऋण लिँदै छौँ। तिर्दैछौँ। अर्थतन्त्रको आकार र हाम्राे सामार्थ्य पनि बढ्दै गयो भने खराब होइन।’
भर्खरै
लोकप्रिय
