सरकारका नीति र निर्णय जनहितविपरीत छन्, सदन र सडकबाट आवाज उठाउँछौँः दाहाल

सरकारका नीति र निर्णय जनहितविपरीत छन्, सदन र सडकबाट आवाज उठाउँछौँः दाहाल
+
-

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले सरकारका क्रियाकलाप र निर्णयहरु जनहितविपरीत रहेको टिप्पणी गरेका छन्।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले सरकारको नीति तथा कार्यक्रम, बजेट र अन्य निर्णयहरू मजदुर किसानका विरुद्ध रहेको टिप्पणी गरेका हुन्।

उनले सरकारको श्रमिक वर्गविरोधी नीतिविरुद्ध सदन र सडक दुवैतिरबाट आवाज उठाउने तयारी भइरहेको बताए। उनले सरकारको जनहितविरोधी क्रियाकलापका विरुद्ध सबै प्रतिपक्षी दलहरूलाई एक ठाउँमा केन्द्रित गरेर अघि बढ्ने प्रयास भइरहेकोसमेत बताए।

उनले लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि संघर्ष गरेका स्थापित राजनीतिक दलहरूलाई कमजोर बनाउने प्रयास भइरहेको आरोप पनि लगाए। प्रतिक्रियावादी शक्तिहरूले दलहरूभित्र विभाजन, अन्तरकलह र भ्रम सिर्जना गर्ने प्रयास गरिरहेको उनको भनाइ छ।

उनले भने, ‘विस्तारै हामी सडक र सदनबाट पनि आवज उठाउनको लागि कोशिस अगाडि बढाइराखेका छौँ। सदनमा सबै प्रतिपक्षीहरूलाई एक ठाउँमा केन्द्रित गरेर अगाडि जाने हाम्रो कोशिस छ। सडकमा समेत यी विषयवस्तुहरू लैजान जरुरी छ। विस्तारै जनताले पनि बुझ्दै जाने स्थिति बनिराखेको छ। हामी आत्तिनुपर्ने छैन।’

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…