सरकारको सय दिनको समीक्षा गर्दै कांग्रेस

सरकारको सय दिनको समीक्षा गर्दै कांग्रेस
+
-

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले सरकारको एक सय दिनको कार्यसम्पादनको समीक्षा गर्ने निर्णय गरेको छ।

शनिबार सिंहदरबारमा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो। संसदीय दल र पार्टीबीचको समन्वयलाई थप सुदृढ बनाउने निष्कर्ष र संसद्‌मा आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउने निर्णय भएको महामन्त्री प्रदीप पौडेलले बताए।

महामन्त्री पौडेलले सरकारले गठनको सय दिनमा गरेका प्रतिबद्धता र तिनको कार्यान्वयनको अवस्थाबारे संसदीय दलका तर्फबाट आधिकारिक धारणा सार्वजनिक गरिने जानकारी दिए। उनले संघीय सांसदहरूलाई राष्ट्रिय महत्वका विषय र जनजीविकाका सरोकारलाई संसद्‌मा सशक्त ढंगले प्रस्तुत गर्न सहजीकरण गर्ने विषयमा पनि छलफल भएको बताए।

प्रमुख प्रतिपक्षी दलको भूमिका कमजोर भएको भन्ने टिप्पणीको खण्डन गर्दै महामन्त्री पौडेलले कांग्रेसले सरकारका कमीकमजोरीमाथि निरन्तर खबरदारी गरिरहेको दाबी गरे। उनले सरकारका गलत कार्यविरुद्ध संसदीय दलका नेता र सांसदहरूले सदनमा सक्रियताका साथ आवाज उठाइरहेको उल्लेख गर्दै सरकारले प्रतिपक्षको आवाज नसुने त्यसको मूल्याङ्कन जनताले गर्ने बताए।

पार्टीभित्रको आन्तरिक व्यवस्थापन र असन्तुष्टिका सन्दर्भमा महामन्त्री पौडेलले नेपाली कांग्रेस लामो इतिहास बोकेको पार्टी भएकाले व्यक्ति व्यवस्थापनको चुनौती पुरानै रहेको बताए।

उनले पार्टीमा कुनै नीतिगत विमति नरहेको स्पष्ट पार्दै व्यक्ति व्यवस्थापनका लागि स्पष्ट विधि आवश्यक रहेको बताए। यस्तै, सदस्यता वितरण र नवीकरणको काम पार्टीको नियमित प्रक्रिया भएको बताए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…