बिमा प्राधिकरणद्वारा अभिमुखीकरण कार्यक्रम आयोजना

बिमा प्राधिकरणद्वारा अभिमुखीकरण कार्यक्रम आयोजना
+
-
देशसञ्चार AI सारांश
  • नेपाल बिमा प्राधिकरणले हुम्लामा सञ्चारकर्मीसँग बिमासम्बन्धी छलफल गरी जनचेतना अभिवृद्धिको कार्यक्रम सञ्चालन गरेको छ।

  • कार्यक्रममा बिमाको परिचय, आवश्यकता, प्रमुख काम तथा प्रकारबारे जानकारी दिइएको र अभिकर्ताले नागरिकलाई भ्रमित गर्ने गुनासो सुनिएको छ।

  • स्थानीय तहसम्म बिमा सेवा विस्तार गरी नागरिकलाई सहज रुपमा सेवा उपलब्ध गराउनुपर्ने आवश्यकता कार्यक्रममा जोड दिइएको थियो।

हुम्ला – नेपाल बिमा प्राधिकरणको प्रादेशिक कार्यालय सुर्खेतले जिल्लाका सञ्चारकर्मीसँग बिमासम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ। बिमासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमको सहजीकरण नेपाल बिमा प्राधिकरण कर्णाली प्रदेशका सहायक निर्देशक विपना पन्थीले गरेकी थिइन्। सो अवसरमा बिमाको परिचय, बिमाको आवश्यकता, बिमाका प्रमुख काम तथा विभिन्न प्रकारका बिमाका विषयमा जानकारी गराइएको थियो।

कार्यक्रममा सञ्चारकर्मीले जिल्लामा बिमासम्बन्धी काम गर्ने केही अभिकर्ताले सर्वसाधारण नागरिकलाई पर्याप्त जानकारी नदिई भ्रममा पारेर बिमा गराउने गरेको गुनासो गरेका थिए।

बिमा गर्दा त्यसको उद्देश्य, प्रक्रिया, फाइदा तथा जोखिमका विषयमा नागरिकलाई स्पष्ट जानकारी दिनुपर्नेमा सञ्चारकर्मीहरुले जोड दिएका थिए। बिमा गरिसकेपछि सेवाग्राहीले सहज रुपमा सेवा पाउने वातावरण बनाउनुपर्ने, बिमितले जम्मा गरेको रकमको सुरक्षामा विशेष ध्यान दिनुपर्ने तथा बिमा कम्पनी र अभिकर्ताहरुले जिम्मेवार भएर काम गर्नुपर्ने सुझाव समेत दिइएको थियो। हुम्लामा पछिल्लो समय बिमा गर्ने नागरिकको संख्या बढ्दै गए पनि बिमासम्बन्धी पर्याप्त जानकारीको अभाव रहेको गुनासो सञ्चारकर्मीको थियो।

कतिपय अवस्थामा बिमितले बुझ्नुपर्ने विषय नबुझी बिमा गर्ने र पछि समस्या आउने गरेको सहभागीहरुले बताएका थिए। सञ्चारकर्मीहरुले जिल्लामा सञ्चालन भइरहेका सबै प्रकारका बिमा सेवाप्रति नागरिकलाई सचेत गराउन आवश्यक रहेको जनाएका थिए। कार्यक्रममा नेपाल बिमा प्राधिकरण कर्णाली प्रदेशका सहायक निर्देशक पन्थीले चालु आर्थिक वर्षदेखि एक स्थानीय तहमा एक बिमा शाखा स्थापना गर्ने योजना रहेको जानकारी गरेकी थिईन। स्थानीय तहसम्म बिमा सेवा विस्तार गर्ने र नागरिकलाई सहज रुपमा बिमासम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको हो। बिमा क्षेत्रलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन प्राधिकरणले विभिन्न कार्यक्रम आयोजना गर्दे आएको छ।

नागरिकले बिमा गर्दा सही जानकारी लिएर मात्र गर्नुपर्ने र बिमा कम्पनी तथा अभिकर्ताहरुले पनि सेवाग्राहीको विश्वास कायम राख्ने गरी काम गर्नुपर्ने उनको भनाई थियो। हुम्लामा बिमितहरुले जम्मा गरेको रकमको व्यवस्थापन तथा सेवाप्रवाहका विषयमा केही गुनासा आउने गरेको भन्दै सञ्चारकर्मीहरुले यसतर्फ सम्बन्धित बिमा संस्थाहरुले विशेष ध्यान दिनुपर्ने बताएका छन्। बिमा क्षेत्रप्रति नागरिकको विश्वास कायम राख्न पारदर्शी सेवा आवश्यक रहेको उनीहरुको भनाइ थियो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…