कलाकार खेम शर्माको अमेरिकामा निधन

कलाकार खेम शर्माको अमेरिकामा निधन
+
-
देशसञ्चार AI सारांश
  • हास्य कलाकार खेम शर्मा ‘चतुरे’को अमेरिकामा उपचारका क्रममा शनिबार बेलुका निधन भएको हो।
  • कलाकार शिवहरि पौड्याल र मनोज गजुरेलले सामाजिक सञ्जालमार्फत खेम शर्माप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
  • लामो समयदेखि अमेरिकामा बस्दै आएका शर्माले थुप्रै फिल्म र टेलिफिल्ममा अभिनय गरेका थिए।

हास्य कलाकार खेम शर्मा ‘चतुरे’को अमेरिकामा निधन भएको छ। उनको बाल्टिमोरमा उपचारका क्रममा अमेरिकी समयअनुसार शनिबार बेलुका निधन भएको हो।

बुधबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। पछि थप उपचारका लागि अर्को अस्पतालमा रिफर गरिएको थियो। शर्मा केही वर्षदेखि क्यान्सर रोगसँग लड्दै आएका थिए।

उनीसँग विभिन्न सिरियलमा सहकार्य गरेका कलाकार शिवहरि पौड्यालले सामाजिक सञ्जालमार्फत शर्माको निधन पुष्टि गर्दै असल साथी गुमाएको बताएका छन्।

त्यसैगरी कलाकार मनोज गजुरेलले पनि शर्मासँग बिताएको यादहरु सामाजिक सञ्जालमा साझा गरेका छन्। उनले लेखेका छन्,’टिभीमा ‘चतुरेको दाउपेच’ गज्जब थियो।’ ‘कता छ आजकाल ?’ सन्तोष दाईको प्रश्नमा मैले भने- ‘अमेरिका गएको थुप्रै भयो नि।’ दिउँसोको यही प्रसंगले होला, बेलुका सपनामा पनि खेम दाईलाई देखें ! संगै कार्यक्रम गर्दै रहेछौं । यसअघि भर्जिनियामा छोटो भेट भएको थियो, तर भर्खर माग्ने बुढाक पोष्ट देखें- खेमदाईले शरीर छोड्नु भएछ!’

यतिबेला उनको निधनप्रति थुप्रै कलाकारहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।

लामो समयदेखि परिवारसहित अमेरिकामा बस्दै आएका शर्माले थुप्रै फिल्म र टेलिफिल्ममा अभिनय गरेका थिए। ‘चतुरेको दाउपेच’ उनको चर्चित टेलिशृंखलामध्ये एक हो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…