सीमा विवादबारे बालेनको प्रष्टीकरणः ब्रिटिस मध्यस्थकर्ता खोजेको होइन

सीमा विवादबारे बालेनको प्रष्टीकरणः ब्रिटिस मध्यस्थकर्ता खोजेको होइन
+
-

काठमाडौँ – प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र साहले कालापानी र लिपुलेक नेपाली भूमि भएको ऐतिहासिक प्रमाण नेपालसँग रहेको बताएका छन्।

आइतबार चितवनमा पार्टीको प्रथम महाधिवशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले केही समयअघि प्रतिनिधि सभा बैठकमा बोल्ने क्रममा ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्ति दिएपछि विरोध भएको थियो।

महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले कालापानी र लिपुलेकलगायतका क्षेत्रका विषयमा छिमेकी मुलुकसँग तथ्यपरक संवाद गर्न सरकार तयार रहेको स्पष्ट पारे।

प्रधानमन्त्री शाहले सीमाको विषय उठाउँदा अन्य देशले आपत्ति जनाउनु स्वाभाविक भए पनि नेपालले प्रमाणकै आधारमा आफ्नो अडान राख्ने बताए।

उनले सीमा विवाद समाधानका लागि कुनै तेस्रो पक्षको मध्यस्थता नखोजेको बताए। नेपालले आफ्ना छिमेकीहरूसँग प्रत्यक्ष संवादमार्फत नै समस्याको समाधान खोज्ने उनको भनाइ छ। आफ्नो राष्ट्रियता र देशप्रतिको निष्ठामा कसैले पनि आशंका गर्न नपर्ने उनले बताए।

उनले भने, ‘हामीसँग कालापानी लिपुलेकको प्रमाण छ। र त्यो प्रमाण लिनलाई हामीले पहिला ब्रिटिसले राज गर्दाखेरि त्यो प्रमाण ल्याउनुपर्छ भने ल्याउँछौँ भनेका हौँ। हामीले ब्रिटिसलाई मध्यस्थकर्ता राख्न खोजेको होइन। हामी हाम्रो छिमेकीहरूसँग आफैँ कुरा गरेर मिलाउँछौँ। हामीसँग प्रमाण छ र हामी ल्याउँछौँ। त्यो कुरा गरिएको हो यसमा आशंका मान्नु पर्दैन। मेरो राष्ट्रियताप्रति कुनै आशंका मान्नु पर्दैन।’

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…