- मन्त्रालयले स्वीकृति लिएर हदबन्दीभन्दा बढी जग्गा राखेका कम्पनीहरूको निरीक्षण गर्न भूमि विभागलाई निर्देशन दिएको छ।
- स्वीकृत उद्देश्य अनुसार जग्गा उपयोग भइरहेको छ कि छैन निरीक्षणपछि प्रतिवेदन तत्काल पठाउन भनिएको छ।
- निर्देशिका उल्लङ्घनमा कानुनी कारबाहीको पनि चेतावनी गरिएको छ, हदबन्दीभन्दा बढी जग्गा दुरुपयोग गुनासो बढेपछि।
काठमाडौँ – भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वीकृति लिएर राखिएको हदबन्दीभन्दा बढी जग्गाको प्रयोगको अवस्थाबारे अनुगमन गर्न निर्देशन दिएको छ।
मन्त्रालयले भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका भूमि प्रशासन र मालपोत कार्यालयहरूलाई असार २ गते परिपत्र जारी गर्दै नेपाल सरकारको स्वीकृति लिएर हदबन्दी भन्दा बढी जग्गा राखेका कम्पनी तथा संस्थाहरूको स्थलगत निरीक्षण र अनुगमन गर्न आदेश दिएको हो।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले स्वीकृत उद्देश्य अनुरुप जग्गाको उपयोग भएरनभएको, जग्गाको वर्तमान अवस्था के कस्तो रहेको र जुन प्रयोजनका लागि हदबन्दी छुट स्वीकृत लिइएको हो त्यस अनुसार भोगचलन गरिएको छ कि छैन स्थलगत निरीक्षण गर्न भनेको हो।
निरीक्षण पश्चात तयार पारिएको विस्तृत प्रतिवेदन यथाशीघ्र विभागमा पठाउन देशभरका सबै भूमि प्रशासन तथा साविकका भूमिसुधार र मालपोत कार्यालयहरूलाई ताकेता गरिएको छ।
यदि कुनै कम्पनी वा संस्थाले तोकिएको उद्देश्य बमोजिम जग्गा उपयोग नगरेको पाइएमा उद्देश्य बमोजिम नै गराउने व्यवस्था गर्नुपर्नेछ। अन्यथा, सरकारको निर्देशन र उद्देश्य विपरीत जग्गा प्रयोग गरेको पाइएमा भूमि सम्बन्धी ऐन, २०२१ बमोजिम आवश्यक कानुनी कारबाही तथा प्रक्रिया अगाडि बढाउन समेत अनुरोध गरिएको छ।
भूमी सम्बन्धी ऐनअनुसार कम्पनीहरुले विभिन्न प्रयोजनका लागि भन्दै हदबन्दीभन्दा बढी जग्गा खरिद गर्ने गरेका छन्। त्यसरी राखिएको जग्गा पछिल्लो समय दुरुपयोग भएको गुनासो आएपछि सरकारले अनुगमन गर्न भनेको छ।
भर्खरै
लोकप्रिय
