महामन्त्रीमा प्रतिस्पर्धा गर्ने झाको घोषणा

महामन्त्रीमा प्रतिस्पर्धा गर्ने झाको घोषणा
फाइल तस्बिर ।
+
-

चितवन – रास्वपाको जारी महाधिवेशनका क्रममा महामन्त्रीमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्।

आइतबारदेखि सुरु भएको महाधिवेशनका क्रममा पदाधिकारी चयनका लागि सर्वसहमत गर्ने तयारी भइरहेका बेला झाले प्रतिस्पर्धा गर्ने जनाएका हुन्।

बिहान ८ बजे सुरु हुने भनिएको बन्दसत्र दिउँसो २ः३० बजेसम्म पनि सुुरु भएको छैन।

महाधिवेशन स्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै झाले प्रतिस्पर्धा गर्ने जनाएका हुन्। हाल उनी पार्टीको प्रवक्ताको जिम्मेवारीमा छन्।

झाले भने, ‘परिणाम जेसुकै आओस्। म महामन्त्रीमा भिड्न तयार छु । आजकै व्यवस्थापन हेर्दा पनि अनुभवी व्यक्ति नेतृत्वमा चाहिन्छ भन्ने देखिएको छ । मैले अहिलेसम्म पार्टीमा लिएको जिम्मेवारीले महामन्त्री पदलाई न्याय गर्छु भन्ने लागेको छ ।’

हाल रास्वपामा सभापति रवि लामिछानेको तर्फबाट कविन्द्र बुर्लाकोटी र बालेन शाहको तर्फबाट भूपदेव शाह महामन्त्री छन्।

नेताहरुले भइरहेकै नेताहरुलाई नै निरन्तरता दिने तयारी गरेपछि झाले त्यसप्रति असहमति जनाउँदै उम्मेदवारी घोषणा गरेका हुन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…