विश्वकप २०२६ मा समर्पित बालगीत सार्वजनिक

विश्वकप २०२६ मा समर्पित बालगीत सार्वजनिक
+
-
देशसञ्चार AI सारांश
  • ‘भकुण्डो द फुटबल’ बालगीत, नयाँ पुस्तामा फुटबलप्रेम र संस्कृति विकास गर्न उद्देश्य गरिएको छ।
  • कार्यक्रममा लेखक झलक सुवेदीले बालबालिकामा फुटबलप्रेम र साहित्यप्रेम बढाउन गीतको क्षमता बताउनुभयो।
  • बालगीतले विश्वभरका बालबालिकामा फुटबल खेल्ने प्रेरणा जगाउने उद्देश्य राखेर अंग्रेजी सबटाइटलसहित सार्वजनिक गरिएको छ।

‘बालबालिकाका निम्ति बालगीत’अभियानअन्तर्गत किताब- चरो  नेपाल, स्वस्तिश्री गुरुकुल स्कुल र त्रियोग हाइस्कुलको सहकार्यमा निर्माण भएको बालगीत ‘भकुण्डो द फुटबल’ स्वस्तिश्री गुरुकुल स्कुल, सानोभर्याङ, काठमाडौंमा एक औपचारिक कार्यक्रमका साथ विमोचन गरिएको छ। एक फुटबलप्रेमी बालकको सपना, चाहना र खेलाडी बन्न गर्ने प्रयत्नलाई अभिनय कला  र नृत्य कलाको भावद्वारा  भिडियोमा प्रस्तुत गरिएको छ।

सिविन नेपालकी पूर्व कार्यकारी निर्देशक तथा बालअधिकारकर्मी सुम्निमा तुलाधरको  प्रमुख आतिथ्यमा सम्पन्न भएको यस कार्यक्रमा लेखक तथा समालोचक झलक सुवेदी, स्वस्तिश्री गुरुकुलकी प्रवन्ध निर्देशक मिना महर्जन, त्रियोग हाइस्कुलका कार्यकारी निर्देशक अजित लामालगायत टिम सदस्यहरू गीतकार रामबाबु सुवेदी, सङ्गीतकार टेकेन्द्र नेपाली, भिडियो निर्देशक आचार्य गोपाल, कोरियोग्राफर साहारा कोइराला र सहायक निर्देशक सन्जु नेपाली ‘टाइग्रीस’, मुख्य बालकलाकार साक्षत नेपालसहितका बालबालिकाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुम्निमा तुलाधरले प्रस्तुत बालगीतले बालबालिकाहरूमा भातृत्वप्रेम विकासमा विशेष महत्व दिएको बताइन्। लेखक झलक सुवेदीले बालबालिकामा फुटबलप्रेम र साहित्यप्रेममा लगाब बसाल्न सक्ने क्षमता प्रस्तुत  गीतमा पाइने बताउनुभयो। त्रियोग हाइस्कुलका कार्यकारी निर्देशक अजित लामाले  बालगीतको हिरा रामबाबु सुवेदी रहेको बताए र बालगीत परियोजनाको निरन्तरताको शुभकामनासमेत दिए।

स्वस्तिश्री गुरुकुलकी प्रिन्सिपल नेहा के.सी.ले हरेक बालबालिकाका लागि  फुटबल सिकाउन उपयोगी यो बालगीत साह्रै राम्रो रहेको बताए। संगीतकार टेकेन्द्र नेपालीले विश्वकप चलिरहेको सन्दर्भमा यस फुटवलको गीत समय सान्दर्भिक हुने बताए। निर्देशक आचार्य गोपालले भने,’यस भिडियोमार्फत हरेक बालबालिकामा विश्वकप फुटबल खेल्ने सपना जगाओस् र भविष्यमा हरेक नेपालीमा पनि विश्वकप फुटबल खेल्ने प्रेरणा मिलोस्।’

प्रस्तुत बालगीत ‘भकुण्डो द फुटबल’ ‘रामबाबु सुवेदी अफिसियल’ नामक युटुब च्यानलमा अंग्रेजी सबटाइटसहित संसारभरका बालबालिका र फुटबल प्रेमीहरूले हेर्नेछन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…