रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थक आफैँ उम्मेदवार बन्न नपाउने

रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थक आफैँ उम्मेदवार बन्न नपाउने
+
-

चितवन- चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रियाका लागि नयाँ नियमहरू सार्वजनिक गरिएको छ।

रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीद्वारा जारी सूचना अनुसार, निर्वाचनमा कुनै पनि उम्मेदवारको प्रस्तावक र समर्थक बन्ने प्रतिनिधिहरू आफैँ उम्मेदवार बन्न पाउने छैनन्।

पार्टीको निर्वाचन आयोगको यो नियम विपरीत मनोनयन फारम दर्ता गरिएमा उक्त उम्मेदवारी स्वतः अमान्य हुनेछ।

आयोगले विभिन्न पदका लागि प्रस्तावक र समर्थकको संख्या समेत निर्धारण गरेको छ।

जसअनुसार पार्टी सभापति पदको उम्मेदवारीका लागि १ जना प्रस्तावक र ५१ जना समर्थक अनिवार्य गरिएको छ भने अन्य केन्द्रीय सदस्यको हकमा १ जना प्रस्तावक र २१ जना समर्थक आवश्यक पर्नेछ।

उम्मेदवारी दर्ता गर्दा प्रस्तावक र समर्थकहरूको नाम, सम्पर्क नम्बर र हस्ताक्षर अनिवार्य रूपमा बुझाउनुपर्नेछ।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…