८/१० वर्षमा कांग्रेसलाई छियाछिया बनाइयो, अब सुधार रोकिँदैन : सभापति थापा

८/१० वर्षमा कांग्रेसलाई छियाछिया बनाइयो, अब सुधार रोकिँदैन : सभापति थापा
+
-
देशसञ्चार AI सारांश
  • कांग्रेस सभापति गगन थापाले पार्टीको क्रियाशील सदस्यता अध्यावधिक नगर्नेहरूलाई कांग्रेसले अब नचिन्ने चेतावनी दिए।
  • विशेष महाधिवेशनको माग अस्वीकार गर्दै थापाले असन्तुष्ट नेताहरूको माग त्रुटीपूर्ण भएको तर्क गरे।
  • थापाले बीपी कोइरालाले बनाएको पार्टीलाई पछिल्लो दशकमा कमजोर बनाएको भन्दै सुधारप्रस्तावलाई अघि बढाउने बताए।

काठमाडौँ – कांग्रेस सभपाति गगन थापाले पार्टीको क्रियाशिल सदस्यता अध्यावधिक अनिवार्य भएको बताएका छन्। मंगलबार झापामा जिल्ला स्तरीय कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले अध्यावधिक नगर्नेलाई अब कांग्रेसले नचिन्ने जनाएका हुन्।

विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आएको पूर्वसभापति शेरबहादुर देउवाप पक्षधरले अध्यावधिक नगर्ने अडान लिइहरेका बेला थापाले यदि त्यस्तो अवस्था हो भने पार्टीबाट औपचारिक रुपमा सम्बन्ध विच्छेद हुने बताएका हुन्।

‘सबै साथीहरूलाई आग्रह छ, म सबै नेताहरूलाई सम्मान पनि गर्छु। सबै नेताहरूले अधिवेशनमा भाग लिनुपर्छ भन्ने पनि ठान्छु। तपाईँहरू मध्ये कसैले अद्यावधिक गर्नुभएको छैन भने मलाई क्षमा गर्नुहोला, थापाले अगाडि भने, ‘अद्यावधिक नभएको कोही पनि सदस्यलाई नेपाली कांग्रेस पार्टीले सम्मान गर्छ, माया गर्छ, तर पार्टी सदस्यको रूपमा चिन्दैन। चिन्दैन। अब सिस्टमले चिन्दैन।’

उनले असन्तुष्ट पक्षका नेताहरुको माग नै नमिलेको जवाफ दिए। अध्यावधिक भन्दा अघि तय भएको क्रियाशिल सदस्यता र विशेष महाधिवेशन अघिको कार्यसमितिका आधारमा १५औँ महाधिवेशन हुनुपर्ने माग नै त्रुटीपूर्ण भएको बताए।

थापाले भने, ‘उहाँहरुको माग नै मिलेन । १४औँ महाधिवेशनले निर्वाचित गरेको कार्यसमिति अहिलेकोमा मिलाएर १५औँ महाधविेशन गर्न सकिँदैन। यो गर्न सकिँदैन।’

उनले पार्टीभित्रको असन्तुष्टि मिलाउन धेरै लचिलो भए पनि समाधान ननिस्केको गुनासो गरे। सभापति थापाले विपी कोइरालाले बनाएको पार्टीलाई पछिल्लो आठ/दश वर्षमा छियाछिया बनाइएको आरोप लगाए। सुधारलाई रोक्ने गरी आएको प्रस्तावलाई अस्वीकार गरेरै अघि बढ्ने उनको चेतावनी थियो।

थापाले भने, ‘कति विनम्र हुनुपर्ने हो, कति लचिलो हुनुपर्ने हो, सबै कुरा हुने हो। तर बीपी कोइरालाले बनाएको यो पार्टीलाई ८÷१० वर्षमा यसलाई छियाछिया बनाइयो। यसलाई सुधार्छु भनेर संकल्प गरेर आएको बेलामा, यो संकल्पको यात्रालाई नै ठेस र्पुयाउने गरी आएको प्रस्तावहरू नमानेर अगाडि बढ्ने हो, किनकि अरू कुनै बाटो छैन।’

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…