अ
+
अ
अ
-
काठमाडौँ – प्रतिपक्षी दल नेकपा (एमाले) को संसदीय दलको बैठक मंगलबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ।
बैठकमा संसद्मा पार्टीको आगामी भूमिका, प्रभावकारी रणनीति र विकसित समसामयिक राजनीतिक घटनाक्रमका विषयमा केन्द्रित रहेर छलफल हुने बताइएको छ।
पार्टीका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेको सम्बन्धमा समेत बैठकमा आवश्यक समीक्षा रणनीति तयार पार्ने कार्यसूची रहेको छ। संसदीय दलको बैठकपश्चात आजै साँझ पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा सचिवालय बैठकसमेत आह्वान गरिएको छ।
उक्त बैठकले संसदीय दलको छलफल र मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे थप निर्णय लिने जनाइएको छ। साथै पार्टीको तर्फबाट प्रतिनिधि सभामा सचेतक तोक्ने पनि बताइएको छ।
भर्खरै
लोकप्रिय
