अ
+
अ
अ
-
दाङ – लुम्बिनी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ।
सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले विरोध जनाएपछि बैठक अवरुद्ध भएको हो।
बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले बजेटमाथि सैद्धान्तिक छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए। तर छलफल सुरु हुनुभन्दा अघि करिब १६ जना प्रदेश सभा सदस्यहरूले उठेर विरोध जनाएपछि सदनमा अवरोध सिर्जना भएको थियो।
सत्तापक्षमै रहेका केही सांसदले समेत बजेटका विषयमा असन्तुष्टि जनाउँदै विरोध जारी राखेपछि बैठक अघि बढ्न सकेन। त्यसपछि सभामुख तुलाराम घर्ती मगरले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन्।
भर्खरै
लोकप्रिय
