काठमाडौँ – एमालेले सरकार तानाशाही, स्वेच्छाचारी तथा अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको दाबी गरेको छ।
उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गरेको सन्र्दभमा मंगलबार पार्टी मुख्यालय च्यासलमा बसेको संसदीय दलको बैठकले सरकार स्वेच्छाचारी ढंगले चलेको निष्कर्ष निकालेको हो।
बैठकले पक्राउविरुद्ध संसदमा सशक्त ढंगले प्रतिवाद गर्ने निर्णय गरेको प्रमुख सचेतक ऐनबहादुर महरले जानकारी दिए।
सरकारको नीति, व्यवहार र कार्यशैली संविधान, लोकतन्त्र, विधिको शासन तथा कानुनी राज्यको मर्मविपरित रहेको एमालेको निष्कर्ष छ । उनले सरकारले संविधान, लोकतन्त्र र राष्ट्रिय हितविरुद्ध काम गरिरहेको आरोप पनि लगाए।
‘सरकार तानाशाही र स्वेच्छाचारी बाटोमा हिँडिरहेको छ । सरकार अधिनायकवादी बाटोमा हिँडिरहेको छ । यसले विधिको शासन र कानूनी राज्यको बर्खिलाप रहेको छ, महरले अगाडि भने,
‘सरकार संविधान, लोकतन्त्र र राष्ट्रकै विरुद्धमा रहेको छ, सुखि नेपाली समृद्ध नेपालको विरुद्धमा छ । त्यसकारण जुन प्रकारको सरकारको नीति, व्यवहार र कार्यशैली छ यसका विरुद्ध सदनमा पार्टीलाई दृढतापूर्वक प्रश्तुत हुने प्रश्ताव पारित गरेका छौँ ।’
भर्खरै
लोकप्रिय
