नाैबस्ता कारागारमा झडप, ७ जना घाइते

नाैबस्ता कारागारमा झडप, ७ जना घाइते
+
-

नेपालगन्ज- बाँकेकाे नाैबस्तामा रहेकाे क्षेत्रीय कारागारमा झडप भएकाे छ।

बी-ब्लकमा रहेका कैदीबन्दीबीच भएकाे झडपमा ७ जना घाइते भएका हुन्।

कारागारकाे आन्तरिक प्रशासन व्यवस्थापनका लागि नियुक्ति गर्ने नाइके र चाैकीदारका विषयमा कारागारमा पटक-पटक झडप भइरहेकाे छ।

नाइके र चाैकीदार नियुक्ति गर्ने समय नजिक आइरहदा आन्तरिक शक्ति संघर्ष बढेकाे छ।

मंगलबार बिहान पाैने ६ बजे कैदीबन्दीबीच झडप हुँदा नाइके धर्मराज बुढासहित ७ जना घाइते भएका छन्।

घाइतेमध्ये ३ जनालाई भेरी अस्पताल र ४ जनालाई स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएकाे छ।

झडपपछि कारागारबाट ४० जनालाई अन्यत्र सारिएकाे छ।

बाँके प्रहरी प्रवक्ता डीएसपी प्रतितसिंह राठाैरले घाइतेहरु उपचारपछि फर्किएकाे र अहिले कारागारकाे सुरक्षा अवस्था सामान्य रहेकाे जानकारी दिए ।

केही दिन अघि पनि बी-ब्लकमा झडप भएकाे थियाे । आफू या आफ्नाे पक्षकाेलाई नाइके र चाैकीदार बनाउन लागिपर्दा झडप हुने गरेकाे छ ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…