अ
+
अ
अ
-
हुम्ला- सिमकोट गाउँपालिका- ७ को पाम्लाथुङमा बोलेरो जीप दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन् । बुधबार बिहान पाम्लाथुङबाट हिल्सातर्फ जाने क्रममा जीप दुर्घटना हुँदा उनीहरू घाइते भएका हुन् ।
जीप दुर्घटनमा पनि सुर्खेत जिल्ला बहराताल गाउँपालिका- ७ निवासी चालक वर्ष २८ का रमेश सिजापति, सिमकोट गाउँपालिका- ७ निवासी वर्ष २८ का गंगबहादुर शाही, सोही वडाको वर्ष ५५ की गगीसरा शाही र सोही वडा निवासी वर्ष ४० का गोकुल शाही घाइते भएको प्रहरी निरीक्षक जंगबहादुर सिंहले बताए ।
हिल्सातर्फ जाने क्रममा जीपको ब्रेक फेल भएर दुर्घटना भएको हो । घाइते चारै जनाको जिल्ला अस्पतालमा ल्याउनका लागि उद्धार कार्य भई रहेको छ । घाइतेको शरीरका विभिन्न भागमा चोट लागेको छ । यात्रुहरू तीनको ताक्लाकोटमा काम गर्न जान लागेका थिए ।
भर्खरै
लोकप्रिय
