पौडेललाई थुनामुक्त गर्न माग गर्दै बन्दी प्रत्यक्षीकरण रिट

पौडेललाई थुनामुक्त गर्न माग गर्दै बन्दी प्रत्यक्षीकरण रिट
+
-

काठमाडौं-  पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी ढंगले थुनामा राखिएको दाबीसहित सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको छ।

पौडेलकी पत्नीले दायर गरेकाे रिटमा राजनीतिक प्रतिशोध राखेर पक्राउ गरिएको दाबीसहित थुनामुक्त गर्न माग गरिएको छ।

बिनाप्रमाण पक्राउ गरिएको भन्दै बन्दीप्रत्यक्षीकरण आदेश जारी गर्न माग गरिएको छ।

पौडेलमाथि सम्पत्ति शुद्धीकरणको आरोप लगाउँदै अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ।

उनलाई विशेष अदालतबाट मंगलबार सात दिनको थुना म्याद थप भएको थियो। उक्त रिटमा बिहीबार सुनुवाइको पेसी तय भएको छ।

पौडेललाई सोमबार सुर्खेतमा पक्राउ गरेर कोहलपुर हुँदै सार्वजनिक सवारीमा राखेर रातारात काठमाडौँ ल्याइएको हो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…