हुम्ला – बुधबार दिउँसो सम्पन्न सिमकोट गाउँपालिकाको तेह्रौ गाउँसभामा प्राविधिक कर्मचारी अनुपस्थित भएका छन्।
कर्मचारीलाई गाउँपालिकाले विभेद गरेको भन्दै गाउँपालिकाले आयोजना गरेको दुवै दिनको गाउँ सभामा सम्पूर्ण प्राविधिक कर्मचारी अनुपस्थित भएका हुन्।
कर्मचारीहरूमध्ये नै कोही नजिक र कोही टाढाको भएको ब्यवहार गाउँपालिकाबाट भएपछि यस पटकको दुई दिने गाउँ सभामा अनुपस्थित भएर बिरोध गरिएको प्राविधिक कर्मचारीले बताए।
यसरी गाउँ सभामा अनुपस्थित भएर बिरोध गर्ने सिमकोट गाउँपालिकाका कर्मचारीहरुमा इन्ज्निीयरदेखि सहायक सवइन्जिनीयरसम्म रहेका छन।
भौतिक पुर्वाधार सम्पुर्ण जिल्ला लिने प्राविधिकहरुलाई बिभेद गरेको कारण सभा मै अनुपस्थित भएको उनीहरुको भनाई छ।
विषयगत समितिको वैठकमा समेत प्राविधिक शाखाका प्रमुख समेतलाई उपस्थिती गराउनु गाउँपालिकाले आवश्यक नदेखेको ती प्राविधिक कर्मचारीको आरोप छ। गतवर्षको सभामा पनि यस्तै विभेद गरेको उनीहरुको गुनासो छ।
यस पटक पनि त्यस्तै ब्ष्यवहार गरिएपछि गाउँपालिकामा र आठ वटै वडामा खटिएको एघार जना प्राविधिकहरु सभामा उपस्थित नभएका हुन। यस सम्वन्धमा सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले सवैको उपस्थितीका लागि सुचना जारी गरिएको तर प्राविधिक उपस्थित नभएको बताए।
भर्खरै
लोकप्रिय
