कैलालीको गोरङ्गे ब्यारेकमा ग्रेनेड विस्फोट, एक सैनिकको मृत्यु

कैलालीको गोरङ्गे ब्यारेकमा ग्रेनेड विस्फोट, एक सैनिकको मृत्यु
सांकेतिक तस्बिर।
+
-

धनगढी- कैलालीको लम्कीचुहा नगरपालिका- ३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका क्रममा ग्रेनेड विस्फोट हुँदा एक सैनिकको मृत्यु भएको छ भने अर्का सैनिक गम्भीर घाइते भएका छन् ।

ब्यारेकभित्र तालिम चलिरहेका बेला एक्कासी ग्रेनेड विस्फोट भएको सैनिक स्रोतले जनाएको छ । विस्फोटमा घाइते भएका दुवै सैनिकलाई तत्काल उपचारका लागि लम्कीस्थित लालरत्न अस्पताल पुर्‍याइएको थियो । उपचारकै क्रममा एक सैनिकको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

घाइते अर्का सैनिकको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको बताइएको छ ।

घटना कसरी भयो भन्ने विषयमा नेपाली सेनाले हालसम्म औपचारिक विवरण सार्वजनिक गरेको छैन । सेनाले घटनाबारे अनुसन्धान सुरु गरेको स्रोतको भनाइ छ । मृतक र घाइते सैनिकको परिचय तथा घटनाको विस्तृत विवरण आउन बाँकी रहेकाे छ ।

मृतक सैनिकको नाम हिमाल बिक्रम बिष्ट रहेको छ भने घाइते हुनेमा सह-सेनानी हेमराज जाेशी रहेका छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…