- राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा डा. स्वर्णिम वाग्ले खुला केन्द्रीय सदस्यको रूपमा २६०७ मतसहित विजयी भएका छन्।
- निर्वाचनमा महिला नेतृ सोविता गौतमले २५९४ मत प्राप्त गर्दै दोस्रो स्थानमा आफ्नो स्थान सुरक्षित गरिन्।
- कुल ३५ खुला केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा शिशिर खनालले २४९५ र सागर ढकालले २३३३ मत पाए।
राष्ट्रिय स्वतन्त्र पार्टीको जारी महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको नतिजा सार्वजनिक भएको छ।
प्रकाशित नतिजाअनुसार खुला केन्द्रीय सदस्यमा अर्थमन्त्रीसमेत रहेका डा. स्वर्णिम वाग्लेले सर्वाधिक २६०७ मत पाएका छन् भने महिला नेतृ सोविता गौतमले २५९४ मत पाएकी छन्।
खुलातर्फ ३५ केन्द्रीय सदस्यका लागि निर्वाचन भएको हो।
यी हुन् खुलातर्फ निर्वाचित भएका ३५ सदस्य :
डा. स्वर्णिम वाग्ले – २६०७
सोविता गौतम – २५९४
शिशिर खनाल – २४९५
सागर ढकाल – २३३३
तोसिमा कार्की – २२५७
रञ्जु दर्शना – २२४९
मनिष झा – २२३७
हरि ढकाल – २२१९
कविन्द्र बुर्लाकोटी – २१८४
विपिन आचार्य – २१२६
रमेश प्रसाईं – २१२३
बिराजभक्त श्रेष्ठ – २०९४
निशा डाँगी – २०८९
इन्दिरा रानामगर – २०४७
गणेश पराजुली – २०४५
जगदिश खरेल (ललितपुर) – २०४४
पुकार बम – २०३०
प्रमोद न्यौपाने – १८९२
यज्ञमणि न्यौपाने – १८६९
सस्मित पोखरेल – १८३३
राजुनाथ पाण्डे – १८१२
रिमा विश्वकर्मा – १८१०
असीम साह – १७२८
खगेन्द्र सुनार – १७०८
राजीव खत्री – १७०१
समिक्षा बास्कोटा – १६९९
गणेश कार्की – १६९३
जगदिश खरेल (दोलखा) – १५१३
लिमा अधिकारी – १५०४
शिशिर श्रेष्ठ – १४८४
क्रान्तिशिखा धिताल – १४७९
आशिका तामाङ – १४३०
सुदीप ढकाल – १४२९
अनुष्का श्रेष्ठ – १३५३
रोहन कार्की – १०२२
भर्खरै
लोकप्रिय
