उपसभापतिबाट समीक्षा बास्कोटाले लिइन् उम्मेदवारी फिर्ता

उपसभापतिबाट समीक्षा बास्कोटाले लिइन् उम्मेदवारी फिर्ता
+
-
देशसञ्चार AI सारांश
  • समीक्षा बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टीको महिला उपसभापति पदको उम्मेदवारी फिर्ता लिएको फेसबुकमा घोषणा गरिन्।
  • उनी भन्छिन्, संस्थालाई एकताबद्ध बनाउन कहिलेकाहीँ पछाडि हट्न राजनीति निर्णय लिनु परिपक्वता हो।
  • महिला उपसभापतिका लागि अब सोविता गौतम र तोसिमा कार्कीबीच प्रतिस्पर्धा हुनेछ, अन्यहरूले पनि उम्मेदवारी फिर्ता लिइरहेका छन्।

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापति (महिला)बाट समीक्षा बास्कोटाले उम्मेद्वारी फिर्ता लिएकी छन्।

शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराउँदै उनले उपसभापतिको उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छन्।

संस्थालाई अझ बलियो बनाउन दाबी मात्र होइन, एक कदम पछाडि पनि हट्न सक्नुपर्ने उनको भनाइ छ। ‘कहिलेकाहीँ संस्थालाई अझ एकताबद्ध बनाउन र सहि लयमा अघि बढाउन केवल दाबी गर्नु मात्र होइन, आवश्यक पर्दा एक कदम पछाडि हट्न सक्नु पनि परिपक्व र बुद्धिमानीपूर्ण राजनीतिक निर्णय हुन्छ’, बास्कोटाले लेखेकी छन् ‘यही विश्वासका साथ मैले उपसभापति पदमा उम्मेदवारी दिने आफ्नो निर्णय फिर्ता लिएको छु।’

बास्कोटा निर्वाचनअघि पार्टी समायोजनकाक्रममा विवेकशीलबाट रास्वपामा गएकी थिइन्।

एक महिला उपसभापतिका लागि तीन जनाको उम्मेदवारी परेको थियो। बास्कोटाले फिर्ता लिएसँगै अब सोविता गौतम र तोसिमा कार्कीबीच प्रतिष्पर्धा हुनेछ। यसअघि इन्दिरा राना मगरले पनि उम्मेदवारी फिर्ता लिएकी थिइन्।

यस्तै यसअघि खुल्ला उपसभापतिमा विराजभक्त श्रेष्ठले उम्मेदवारी फिर्ता लिएसँगै डा स्वर्णिम वाग्ले सर्वसम्मत उपभापतिमा निर्वाचित भइसकेका छन्।

यस्तै महामन्त्रीबाट शिशिर खनाल र जगदीश खरेलले पनि उम्मेदवारी फिर्ता लिएका छन्। अन्य पदाधिकारीमा उम्मेदवारी दिएका केहीले पनि फिर्ता लिनेक्रम चलिरहेको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…