रास्वपा महाधिवेशन: स्वर्णिमबाहेकका नाममा हुन सकेन सहमति, पाँच पदका लागि २६ जना भिड्दै

रास्वपा महाधिवेशन: स्वर्णिमबाहेकका नाममा हुन सकेन सहमति, पाँच पदका लागि २६ जना भिड्दै
+
-
देशसञ्चार AI सारांश
  • राष्ट्रिय स्वतन्त्र पार्टीले सभापतिमा रवि लामिछानेलाई सर्वसम्मत चयन गरे पनि अन्य पदमा प्रतिस्पर्धा भइरहेको छ।
  • उपसभापति रमहिला उपसभापतिका लागि २६ जनाको उम्मेदवारी परेको छ जसमा सख्त प्रतिस्पर्धा हुँदैछ।
  • एक महामन्त्री पदका लागि आठ र दुई सहमहामन्त्री पदका लागि ११ जनाको उम्मेदवारी परेको छ।

काठमाडौँ– महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन हुनुअघि नै सभापति चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा अन्य पदमा भने कडा प्रतिष्पर्धा हुने भएको छ।

रास्वपाले सभापतिमा रवि लामिछानेलाई सर्वसम्मत चयन गरेको छ भने उपसभापति खुलामा डा. स्वर्णिम वाग्ले पनि सर्वसम्मत निर्वाचित भइसकेका छन्। खुला उपसभापतिका लागि विराजभक्त श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि पुन: एकपटक वाग्ले उपसभापतिमा चयन भएका छ्न्।

यसअघिको कार्यसमितिमा पनि उनी उपसभापति नै थिए। कांग्रेस छाडेर गएका उनलाई रास्वपाले सिधै उपसभापति पद दिएको थियो।

महिला उपसभापतिसहित अन्य पदाधिकारीका लागि भने कडा प्रतिष्पर्धा हुने भएको छ। पाँच पदका लागि २६ जनाको उम्मेदवारी परेको छ।

रास्वपाको निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम उम्मेदवारको नामावली अनुसार उपसभापति महिलामा रास्वपाका संस्थापकहरू सोविता कार्की र तोसिमा कार्की भिड्दैछन्।

महिला उपसापतिमा उम्मेदवारी दिएका समीक्षा बास्कोटा र इन्दिरा रानामगरले उम्मेदवारी फिर्ता लिएपछि संस्थापक दुई जनाबीच प्रतिष्पर्धा हुने भएको छ।

बिहीबार रातभर बसेर सभापित लामिछानेले सहमति गर्ने प्रयास गरे पनि सहमति हुन नसकेपछि निर्वाचन हुन लागेको हो।

एक महामन्त्री पदका लागि आठ जनाको उम्मेदवारी परेको छ। जसअनुसार प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, रन्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपीनकुमार आचार्य महामन्त्री पदका लागि मैदानमा उत्रिएका छन्।

यस्तै २ जना सहमहामन्त्रीका लागि ११ जनाको उम्मेदवारी परेको छ। सहमहामन्त्रीका लागि रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशिम शाह, अशोककुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजीव खत्री,  विजय जैरु, हरि ढकाल र हिमेश पन्तको उम्मेदवारी परेको छ।

एक सहमहामन्त्री महिलातर्फ पाँच जनाको उम्मेदवारी परेको छ। जसअनुसार जुली यादव, जमुना शर्मा (विदूषि), कामिनी कुमारी चौधरी, निसा डाँगी र रिमा विश्वकर्माको उम्मेदवारी परेको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…