रविका विश्वासपात्र विपिन आचार्यलाई समर्थन गर्दै चार जनाले लिए महामन्त्रीबाट उम्मेदवारी फिर्ता

रविका विश्वासपात्र विपिन आचार्यलाई समर्थन गर्दै चार जनाले लिए महामन्त्रीबाट उम्मेदवारी फिर्ता
+
-
देशसञ्चार AI सारांश
  • राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीमा उम्मेदवारी फिर्ता लिएका चार जनाले विपिन आचार्यलाई समर्थन गरेका छन्।
  • उनीहरूका अनुसार पार्टीको बृहत्तर हित तथा आन्तरिक एकताका खातिर विपिनलाई नै समर्थन गरेका हुन्।
  • विपिन अब पार्टीका संस्थापक मनिष झा र बालेनपक्षका सागर ढकालसँग महामन्त्री लागि प्रतिस्पर्धा गर्नेछन्।

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीमा विपिन आचार्यलाई समर्थन गर्दै चार जनाले उम्मेदवारी फिर्ता लिएका छन्।

उम्मेदवारी फिर्ता लिनेहरूमा कविन्द्र बुर्लाकोटी, गणेश पराजुली, रञ्जु दर्शना र प्रमोद न्यौपाने रहेका छन्। बर्लाकोटी यसअघिको कार्यसमितिको महामन्त्री थिए।

उम्मेदवारी फिर्ता लिएका चारै जनाले विपिनलाई समर्थन गरेका छन्। दर्शनाबाहेक अन्य तीन जना रास्वपाका संस्थापनपक्षकै नेताहरु हुन्। रञ्जु भने पार्टी समायोजनमा विवेकशीलबाट आएकी हुन्।

यसअघि महामन्त्रीको उम्मेदवारीबाट शिशिर खनाल, जगदीश खरेल (ललितपुर)ले उम्मेदवारी फिर्ता लिँदै विपिनलाई नै समर्थन गर्ने बताएका थिए।

पार्टीको बृहत्तर हित र आन्तरिक एकताका लागि विपिनलाई समर्थन गरेको उनीहरुको भनाइ छ।

शुक्रबार चितवनमा बुर्लाकोटी, पराजुली र न्यौपानेले संयुक्त प्रेसमिट गर्दै महामन्त्रीमा आचार्यलाई समर्थन गर्ने निर्णयमा पुगेको बताएका थिए।

केही समयपछि रञ्जुले पनि पत्रकार सम्मेलन गरेर विपिनलाई समर्थन गरेको बताएकी थिइन्। बालेनपक्षका राजुनाथ पाण्डेले पनि महामन्त्रीबाट उम्मेदवारी फिर्ता लिएका छन्।

विपिन सभापति रवि लामिछानेका विश्वास पात्रकारुपमा रहेका छन्। सहकारी प्रकरणमा उनको परिवारसमेत रविसँगै जोडिएको थियो।

यसअघि विपिन सहमहामन्त्री थिए।

महामन्त्रीमा विपिनसँगै अब रास्वपाका संस्थापक मनिष झा, गणेश कार्की र बालेनपक्षकारुपमा चिनिएका सागर ढकालको प्रतिष्पर्धा हुने देखिएको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…