अ
+
अ
अ
-
जनकपुरधाम – मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेटमाथि भोलिदेखि छलफल हुने भएको छ।
असार १ गते अर्थमन्त्री युवराज भट्टराईले प्रस्तुत गरेको बजेटमाथि भोलि बस्ने प्रदेश सभा बैठकमा छलफल सुरु हुनेछ। मधेस प्रदेश सभा सचिवालयले भोलि दिउँसो १ बजेका लागि बैठक बोलाइएको जनाएको छ।
आगामी आवका लागि कुल ४९ अर्ब २४ करोड १४ लाखको बजेट प्रस्तुत गरिएको छ। अर्थमन्त्री भट्टराईले बजेट भाषणका क्रममा संघीय सरकारबाट प्राप्त हुने सशर्त अनुदानबाट सञ्चालित हुने कार्यक्रमहरूबाहेक आगामी आर्थिक वर्षका लागि कुल ४१ अर्ब १३ करोड ८६ लाख विनियोजन गरेको बताएका थिए।
प्रदेश सरकारले आगामी आवको लागि ल्याएको बजेटमाथि छलफलपश्चात असार मसान्तभित्र पारित भएर प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि साउन १ देखि उक्त बजेट खर्च गर्ने बाटो खुल्ने छ।
भर्खरै
लोकप्रिय
