‘देशको राजधानी काठमाडौँबाट सरेर चितवन गएकोजस्तो देखियो’

‘देशको राजधानी काठमाडौँबाट सरेर चितवन गएकोजस्तो देखियो’
+
-

काठमाडौँ – नेपाली कांग्रेसका सांसद पदमबहादुर परियारले एक सातायता काठमाडौँमा सरकारको उपस्थिति नदेखिएको भन्दै आपत्ति जनाएका छन्।

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै उनले देशको राजधानी काठमाडौँबाट चितवन सरेजस्तो अनुभूति भएको टिप्पणी गरे। यही असार ७ गतेदेखि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन चितवनमा जारी छ। उनले रास्वपा महाधिवेशनको कारण संघीय संसद् र सरकारका काम कारबाहीसमेत प्रभावित हुन पुगेको बताए।

उनले भने, ‘एकहप्तादेखि काठमाडौँ यस्तो लाग्न थाल्यो कि काठमाडौँमा सरकार छैन। काठमाडौँ देशको राजधानी हो। तर देशको राजधानी काठमाडौँबाट सरेर चितवन गएकोजस्तो देखियो।’

उनले सरकार चितवनतर्फका कार्यक्रममा व्यस्त रहँदा आफू अधिकारबाट वञ्चित र अन्यायमा परेको गुनासो गर्दै आन्दोलनरत नागरिकलाई भेट्न माइतीघर पुगेको बताए। उनले कक्षा १२ को नतिजा प्रकाशनपछि अन्याय भएको भन्दै आन्दोलनमा उत्रिएका विद्यार्थीप्रति सरकार संवेदनशील नभएको आरोप पनि लगाए।

उनले अन्यायमा परेका विद्यार्थीसँगै आन्दोलनरत सबै नागरिकका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षणसमेत गराए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…