अ
+
अ
अ
-
काठमाडौँ – प्रतिनिधिसभा बैठक पुनः स्थगित भएको छ।
संसद् सचिवालयले शुक्रबार सूचना टाँस गरेर बैठक असार १४ गते आइतबारसम्मका लागि स्थगित भएको जानकारी गराएको हो।
यसअघि असार १२ गते शुक्रबारका लागि बोलाइएको बैठक सूचना टाँस गरेर शनिबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएकोमा पुनः आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो।
शनिबार बिहान ११ बजे बस्ने गरी निर्धारण भएको बैठक विशेष कारण उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठक आइतबार बस्ने गरी निर्धारण गरेको सूचनामा उल्लेख छ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन चिवतनमा जारी छ। जसका कारण संसद् बैठकसमेत प्रभावित भएको छ।

भर्खरै
लोकप्रिय
