बजेट बनाउन महाभारत भयोः मुख्यमन्त्री कार्की

बजेट बनाउन महाभारत भयोः मुख्यमन्त्री कार्की
+
-

मोरङ – प्रदेश सरकारका लागि बजेट बनाउने विषय महाभारत भएको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन्।

विराटनगरमा शुक्रबार वन पर्यटन तथा वातावरण मन्त्रालयद्वारा आयोजित कोशी पर्यटन कन्क्लेभलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले बजेट बनाउनु भनेको सरकारको मुख्यमन्त्रीका लागि महाभारत भएको बताएका हुन्। उनले भने, ‘म पाण्डव पक्षमा नि छुइनँ, कौरव पक्षमा नि छुइनँ। बजेट बनाउँदा मलाई महाभारत छ। सानो भाडो छ, सानो थैली छ।’

बजेट बनाउन स्रोतको व्यवस्थापन चुनौतीका रुपमा रहेको बताएका मुख्यमन्त्री कार्कीले बजेट निर्माण सकसपूर्ण रहेको उल्लेख गरे।

उनले असारसम्म भ्रमण वर्षलाई भव्य रुपमा सम्पन्न गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘यो भ्रमण वर्ष सम्पन्न गर्नसके आवश्यक नीति, कानुन, कार्यविधि, कार्यक्रमका विषयमा बिग्रेको बजेट सच्याएर आउँदो साउनबाट पर्याप्त बजेट दिने काम हुनेछ।’

प्रदेशको पर्यटन सम्भाव्यतालाई मध्यनजर गर्दै सीमित स्रोत साधनबाट पर्यटन क्षेत्रलाई उजागर गर्न सरकार कटिबद्ध रहेको उनको भनाइ छ। विगत लामो समयदेखि माउन्टेन फ्लाइटदेखि आन्तरिक उडानको सन्दर्भ उठान गर्दै आए पनि विमान सेवाहरूबाट साथ नपाएको मुख्यमन्त्री कार्कीको गुनासो छ।

उनले सरकारी विमान सेवा नेपाल एयरलाइन्सबाट आन्तरिक उडानमा कुनै सहयोग नहुने जवाफ पाएपछि उक्त संस्थान नै राख्ने कि नराख्ने भन्ने विषयलाई बहसमा ल्याउन आवश्यक रहेको बताए।

कार्यक्रममा पर्यटन मन्त्री भीम पराजुलीले पर्यटन क्षेत्रको विकासका लागि काम हुँदै आएको बताए। मन्त्री पराजुलीले पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रको साथ सहयोग आवश्यक रहने बताए।

उनले भने, ‘निजी क्षेत्रसँग जबसम्म हामी समन्वय गरी अघि बढ्न सक्दैनौँ, तबसम्म पर्यटन क्षेत्रको विकास हुन सक्दैन। त्यो सोचका लागि पर्यटन मन्त्रालय निजी क्षेत्रसँग सहकार्य र समन्वय गर्नका लागि तयार रहेको छ।’

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…