अ
+
अ
अ
-
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका महाधिवेशन प्रतिनिधिहरूले पदाधिकारीको निर्वाचनमा भोट हाल्न नपाएको भन्दै विरोध जनाएका छन्।
रास्वपाको पदाधिकारी निर्वाचनमा ढिला पुगेका प्रतिनिधिहरूले आफूहरूको मताधिकार हनन् भएको भन्दै चितवन प्रदर्शनी केन्द्रको हलबाहिर धर्ना दिएका हुन्।
महाधिवेशन लम्बिएपछि अधिकांश प्रतिनिधिहरूले असन्तुष्टि जनाउँदै यसअघि नै चितवन छाडिसकेका थिए। बाँकी रहेका प्रतिनिधिहरूले पदाधिकारीको निर्वाचनमा मतदान गरेका छन्।
पदाधिकारीको निर्वाचन सम्पन्न भइसकेको छ। केहीबेरमा मत परिणाम सार्वजनिक गर्ने तयारी छ।


तस्बिर: नेपाल फोटो लाइब्रेरी
भर्खरै
लोकप्रिय
