हामीमाथिका राजनीतिक आरोपहरू महाधिवेशनले पूर्ण रुपमा खारेज गरेको छः रवि लामिछाने

हामीमाथिका राजनीतिक आरोपहरू महाधिवेशनले पूर्ण रुपमा खारेज गरेको छः रवि लामिछाने
+
-

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीमाथि लागेका सम्पूर्ण राजनीतिक आरोपहरू महाधिवेशनले पूर्ण रुपमा खारेज गरेको बताएका छन्।

पार्टीको प्रथम महाधिवेशनबाट सर्वसम्मत रुपमा रास्वपाको सभापति चयनका उनले शपथग्रहणपछि सम्बोधन गर्दै यस्तो बताएका हुन्। उनले रास्वपामाथि विचारविहीन, सिद्धान्तविहीनलगायतका आरोप लाग्ने गरेको भन्दै महाधिवेशनले ती सम्पूर्ण आरोपहरूलाई खारेज गरेको बताए।

उनले भने, ‘पार्टीका दस्तावेजहरू, पार्टीको नीति, पार्टीको विचार, पार्टीको सिद्धान्त र पार्टीको आदर्शलाई लिएर उठेका सम्पूर्ण विषयहरूलाई, हामीमाथि विचारविहीन, सिद्धान्तविहीन भन्ने संगीन आरोपहरू थिए। ती राजनीतिक आरोपहरू पूर्ण रुपमा यो ऐतिहासिक महाधिवेशनले खारेज गरेको कुरा म यहाँहरूलाई निवेदन गर्न चाहन्छु।’

यसअघिका दस्तावेजहरूमा पनि रास्वपाको सिद्धान्तबारे स्पष्ट लेखिएको भए पनि हिजोको सत्तालाई पढ्न फुर्सद नभएको उनले बताए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…