संविधान गतिशील दस्तावेज भएकाले आवश्यकताअनुसार संशोधन हुनुपर्छः उपाध्यक्ष भण्डारी

संविधान गतिशील दस्तावेज भएकाले आवश्यकताअनुसार संशोधन हुनुपर्छः उपाध्यक्ष भण्डारी
+
-

काठमाडौँ – राष्ट्रिय सभाकी उपाध्यक्ष लिलाकुमारी भण्डारीले १० वर्षको अन्तरालमा संविधान परिमार्जन हुनु स्वाभाविक प्रक्रिया भएको बताएकी छन्।

शनिबार काठमाडौँमा आयोजित ‘संस्कृतिमा काली–कर्णाली’को दोस्रो महाधिवेशनलाई सम्बोधन गर्दै उनले हरेक १० वर्षमा संविधान परिमार्जन गर्दा समाजको बदलिँदो आवश्यकतालाई सम्बोधन गर्न सकिने बताएकी हुन्।

भण्डारीले संविधान एक गतिशील दस्तावेज भएको उल्लेख गर्दै यसलाई सामाजिक आवश्यकता र समयको मागअनुसार परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिइन्।

संविधानका आधारभूत सिद्धान्तहरू अपरिवर्तनीय रहे पनि यसभित्रका अन्तरवस्तुले बदलिँदो सामाजिक अवस्थालाई सम्बोधन गर्न नसकेको खण्डमा समयानुकूल संशोधन आवश्यक हुने उनको भनाइ थियो।

कानून निर्माण प्रक्रियामा राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवैको समान दायित्व रहने उनले बताइन्।

संविधान संशोधनका लागि वर्तमान सरकारले समिति गठन गरी गृहकार्य अगाडि बढाइसकेको सन्दर्भ जोड्दै उनले सरोकारवाला पक्षहरूलाई आफ्ना मुद्दामा राज्यको ध्यानाकर्षण गराउन सुझाव दिइन्।

झन्डै दुई–तिहाइ बहुमत प्राप्त सरकारले संशोधनको प्रक्रिया अघि बढाएको अवस्थामा जननिर्वाचित संस्थाहरूलाई आफ्ना सरोकारका विषयमा निरन्तर सजग गराउनु र झक्झक्याउनु नागरिकको महत्वपूर्ण दायित्व भएको उनले उल्लेख गरिन्।

उनले संस्कृति र सभ्यताको संरक्षणले मात्रै राष्ट्रको अस्तित्व जीवित रहने बताइन्। संस्कृति राष्ट्रको आत्मा भएको उल्लेख गरिन्। उपाध्यक्ष भण्डारीले निर्वाचनका समयमा राजनीतिक दलहरूले कलाकारहरूलाई व्यापक रूपमा परिचालन गरे पनि निर्वाचन पश्चात उनीहरूका माग र मुद्दाहरू ओझेलमा पर्ने गरेको बताइन्।

उनले कलाकारहरूलाई आफ्ना हकहितका लागि संगठित भएर राज्यका निकायहरूमा दबाब बढाउन सुझाव दिइन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…