रास्वपालाई प्राप्त जनमत संघीयता खारेजीका लागि होइन: दुलाल

रास्वपालाई प्राप्त जनमत संघीयता खारेजीका लागि होइन: दुलाल
युवराज दुलाल। तस्बिर: बर्षा शाह/देशसञ्चार
+
-
देशसञ्चार AI सारांश
  • युवराज दुलालले भने रास्वपाले पाएको जनमत संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि हो, संघीयता खारेजीका लागि होइन।
  • उनले प्रदेश खारेजीको नीति जनताप्रति बेइमानी र धोका भएको भन्दै, राजनीति पढ्न सुझाव दिएका छन्।
  • दुलालले सरकारको वाचा र कार्यबीच फरक देखिएको र जनताप्रतिको धोका भएको टिप्पणी गरेका छन्।

काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाएको दुईतिहाइ नजिकको मत संघीयता खारेजीका लागि नभएको बताएका छन्।

रास्वपाले चितवनमा सम्पन्न पहिलो महाधिवशनमा प्रदेश खारेजीको विषय आफ्नो दस्तावेजमा औपचारिकरुपमा राखेपछि त्यसको विरोध गर्दै दुलाले रास्वपलाई प्राप्त जनमत संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि भएको बताएका हुन्।

उनले प्रदेशविना संघीयता रहँदैन भन्ने ज्ञान रास्वपासँग नभए राजनीति बढेर आउनका लागि सुझावसमेत दिए। ‘तपाईंहरू (रास्वपा)लाई प्राप्त जनमत संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि हो। संघीयता खारेजीका लागि होइन। प्रदेशको उपस्थितिविना संघीयता रहँदैन भन्ने राजनीतिको आधारभूत ज्ञान छैन भने राजनीति पढेर राजनीति गर्न सुझाव दिन्छु’, उनले भने।

रास्वपाले मत माग्दा प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउँछौँ भने पनि त्यसकाविरुद्धमा पार्टीको नीति पारित हुनु बेइमानी र जनतालाई धोका रहेको उनको भनाइ छ। ‘निर्वाचनका क्रममा सत्तारुढ दलद्वारा मधेसमा, सुदूरपश्चिममा, कर्णाली जस्ता विकासमा पछाडि परेका प्रदेशहरूमा गएर हामी प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउँछौँ भनेर मत मागेर आउने, अनि मत पाएपछि अहिले तिनै संरचना खारेज गर्ने नीति पारित गर्नु जनताप्रतिको बेइमानी र धोका हो’, दुलालले भने।

प्रधानमन्त्री वालेन्द्र शाहले नै निर्वाचनका समयमा मधेशमा भएको पार्टी कार्यक्रममा प्रदेशलाई अझ बलियो बनाइने बताएका थिए।

अहिले प्रदेश खारेजी भन्नु सुकुम्वासी बस्तीमा डोजर चल्दैन भनेर पछि डोजर चलाइएको जस्तो भएको दुलालले बताए। ‘जसरी सुकुम्बासी बस्तीमा मत माग्न जाँदा ‘उचित व्यवस्थापन नभई बस्तीमा डोजर चलाई, छाती थाप्न आइपुगिने’ बाघ हुङ्कार भएको थियो र सरकार बनेपछि सुकुम्बासी बस्तीमा चलेको डोजरको जवाफमा ‘स्याल हुङ्कार’ सुन्नुपर्यो। जनताप्रति धोका, ढाँट, छल र धोका’, उनले भने।

कानुनको शासनमा मात्र लोकतन्त्र सुदृढ र समृद्ध हुने भन्दै उनले ओलिगार्की तथा अटोक्र्यासी जस्ता तानाशाही तन्त्रमा अहिले नभएको बताए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…